अमरराज आचार्य
दाङ, २ असार । पशुपति अन्नपूर्ण आश्रम प्रदेश नं ५ दाङले कोरोना आइसोलेसन अम्राईमा उपचारत ६२ जना कोरोना संक्रमितलाई चेवनप्रास सहयोग गरेको छ ।
मंगलवार आइसुलेसन सेन्टरमा पुगेर व्यवस्थापनलार्इ चेवनप्रास हस्तान्तरण गरिएको हो । विरामीहरुलाई रोगसंग लडने शक्ति प्रदान गर्ने सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको संस्थाले जनाएको छ । पशुपति अन्नपूर्ण आश्रम संस्थाका जिल्ला अध्यक्ष टंकसिह बुढाथोकीको नेतृत्वामा भएको टोलीले चेवनप्रास हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा घोराही उप महानगरपालिका वडा नंं १० का वडा अध्यक्ष चित्रवहादुर डाँगी (निर्मल)दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, कोषाध्यक्ष सुशील पोख्रेल, सदस्य छविनारायण गिरी, राप्ती अञ्चल लिर्कस एसोशियसनका अध्यक्ष जगत आचार्यलगायतको सहभागिता रहेको थियो ।