तुलसीपुर, ३२ जेठ । नेपाली कांग्रेसका पुराना नेता तुलसीपुर–११ निबासी तर्कबहादुर बुढाथोकीको निधनको पुन्य तिथीमा नेपाली कांग्रेस तुलसीपुर ११ वडा इकार्इ समितिले शोक सभा गरेको छ ।
इकार्इ सभापति बोधिलाल भण्डारीको सभापतित्व तथा कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको शोक सभाका बक्ताहरुले स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेस पाटी र समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
शोक सभामा नेपाली काङ्ग्रेस दाङका सभापति किर्तीबहादुर खड्का, काङ्ग्रेस सल्यानका पूर्व सभापति ध्रुब पुरी, नेपाली कांग्रेस क्षेत्रिय सभापति जगत बहादुर खड्का, कांग्रेसका महासमिति सदस्य केशबराज आचार्य, क्षेत्र नम्बर ३ ख का सभापति खिमबहादुर वली, तुलसीपुर ११ नम्बर वडा अध्यक्ष चित्रबहादुर वली, कांग्रेस नेता एकराज आचार्य, साबिक उरहरीका पूर्व सभापति अर्जुनबहादुर केसी, राप्रपाका नेता रत्नलाल भण्डारी, समाजसेबी तथा संचार उद्यमी गोपालप्रसाद रावतलगायतले जिम्वालको परिचय बनाएका स्वर्गीय बुढाथोकीको योगदान सम्झिन लायक रहेको बताएका थिए ।
वडा इकार्इ सचिब धनबहादुर केसीको स्वागतबाट सुरु भएको कार्यक्रममा घरपरिवारको तर्फबाट स्वर्गीय बुढाथोकीका छोरा गजेन्द्र बुढाथोकीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण इकार्इ सचिब बिर बहादुर बस्नेतले गरेका थिए ।