एकैदिन ४४८ संक्रमित थपिए, संक्रमितको संख्या ५०६२

दाङ,३० जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टमा देशभर ४४८ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

जसमा ४२४ पुरुष र २४ महिला रहेका छन् । देशभर कोरोना संक्रमितकोसंख्या ५ हजार ६३ पुगेको छ । जसमा ४ हजार ७०९ पुरुष छन् भने ३५३ महिला रहेका छन् ।

देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । हालसम्म देशभरका विभिन्‍न अस्पतालमा कोरोना संक्रमणको उपचारपछि ८७७ जना डिस्चार्ज भएका छन् ।