दाङ,२८ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार तीन सय ६४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २७९ कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार तीन सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।
थपिएका मध्य २५७ पुरुष र २२ जना महिला रहेका छन् । संक्रमित मध्य हालसम्म नेपालमा ४ हजार ५५ पुरुष रहेका छन् ३०९ जना महिला रहेका छन् ।
हालसम्म नेपालमा ६७४ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । जस मध्य पछिल्लो २४ घण्टामा ९० जना कोरोनामुक्त भएका हन् । कोरोना संक्रमणका कारण नेपालमा १५ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।