स्वास्थ्य सुरक्षाको नगरसभामा बेवास्ता

दाङ,२८ जेठ । तुलसीपुर उपमहानगरपालिकाको छैठौं नगर सभा बुधबार बसेको छ । नगर प्रमुख घनश्याम पाण्डेयको अध्यक्षतामा शुरु भएको नगरसभामा कोरोना भाईरस संक्रमणको सर्तकता नपनाईएको भन्दै जनप्रतिनिधिहरुले गुनासो गरेका छन् ।

मास्क र सेनिटाईजरको भरमा नगरसभा शुरु गरिएको वडा नं. ५ का सदस्य सुरेशकुमार श्रेष्ठले गुनासो गरेका थिए । नगरसभा सम्पन्न गर्नुपर्छ तर स्वास्थ्य सुरक्षा सर्तकतातर्फ उपमहानगरपालिकाको नगरसभामा तयारी भएको देखिएन वडा सदस्य श्रेष्ठको भनाई थियोे ।

कोरोना भाइरस संक्रमणबाट बँच्न र बचाँउन सबैभन्दा मह्त्वपूर्ण भनेकै सामाजिक दुरी कायम गर्नु हो। तर त्यसलाई पूर्णरुपमा बेवास्ता गरिएको छ । त्यसकारण पनि असुरक्षित महसुस भयो,धेरै समय नगरसभामा भाग लिन सक्ने नदेखि बाहिरीए वडा सदस्य श्रेष्ठले बताए ।

संघीय संसद, प्रदेशसभलगायत देशका बिभिन्न कार्यक्रममा सामाजिक दुरीलार्ई कायम गरि सभा, सम्मेलन र बैठक सम्पन्न भएका खबर सार्वजनिक भईरहदा संबेदनशील समय र संबदेनशील स्थानमा सामाजिक दुरीलाई ध्यान नदिनु लापरवार्र्ही भएको जनप्रतिनिधिहरुको गुनासो थियोे ।

बुधबारको नगरसभामा लेखा समितिका संयोजक राजु आचार्यले महालेखा परिक्षणको प्रतिबेदन प्रस्तुत र छलफल र पारितका लागि प्रस्तुत गरेका थिए । त्यस्तै बिधायन समितिका संयोजक देवराज बिश्वकर्माले बिधायन समितिको प्रतिबेदन प््रस्तुुत गरेकाक थिए ।