काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार कोेरोेना नियन्त्रणमा असफल भएको बताएका छन्् । पौडेलले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको बताएका हुन ।
कोरोना परीक्षण तथा क्वारेन्टिन व्यवस्थापनमा सरकार चुकेको लिखित जानकारी प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर दिएका हुन । ‘पार्टीको तर्फबाट मैले प्रधानमन्त्रीजीलाई भेटेर कोरोना नियन्त्रणमा सरकार त फेल भयो भनेँ,’ पौडेलले भने, ‘सरकारले लकडाउन खुकुलो बनाउनुअघि नै जनताले बिद्रोह ग¥यो, पसल खोले, सवारी साधन चलाएका छन्।’
सरकारले सुरूदेखि विभेदरहित ढंगले काम गर्न नसक्दा लकडाउन उलंघनका अवस्था देखिएको पौडेलको भनाइ छ। ‘सरकारले हामीले दिएका सुझाब ग्रहण गर्न सकेन। अरूका सुझाव स्वीकार गर्न नसक्दा महामारी नियन्त्रणमा आएन,’ उनले भने, ‘परीक्षणका दायरा व्यापक बनाउन सकेन।’ हामारीका बेला अत्यावश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गर्न सरकार चुकेको पौडेलले बताए ।
सरकारका कमीकमजोरी औंल्याएर पार्टीका तर्फबाट आफूले लिखित सुझाव प्रधानमन्त्रीलाई दिएको पौडेलको भनाइ छ। केही दिन पहिले बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कोरोना नियन्त्रणमा सरकार असफल तथा गैरजिम्मेवारीपन देखिएको बताएको थियो। केन्द्रीय समितिकै निर्णयअनुसार पौडेलले प्रधानमन्त्रीलाई भेटेर लिखित सुझाव दिएका हुन् ।
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको नेपाली कांग्रेसले ठहर गरेको छ ।
¥यापिड परीक्षण पूर्ण रूपमा रोक्नुपर्छ। पिसिआर विधिबाट परीक्षणको दायरा वृद्धि गर्न सरकारले मेसीन, किट र आवश्यक जनशक्ति व्यवस्थापन गर्नुप¥यो ।
कूल जनसंख्याको कम्तिमा ५ प्रतिशत जनतामा पिसिआर विधिबाट कोरोना परीक्षण तुरून्तै गरिनुपर्छ ।
क्वारेन्टिन गोठजस्ता छन्। मापदण्डअनुसार बनाउनुपर्छ। क्वारेन्टिन बसेका मानिसलाई खाना र औषधिको व्यवस्थापन हुनुप¥यो ।
संकटका बेला खरिद गरेका स्वास्थ्य सामग्रीमा अनियमितता भएको छ। सरकारका मन्त्री भ्रष्टाचारमा डुबेका छन्। एक समिति बनाएर यसको छानविन गर्नुप¥यो ।
विदेशमा रहेका जो नेपाल आउन चाहेका नेपाली छन् उनीहरूलाई नेपाल ल्याउनुप¥यो ।
सरकारले न्युन आय भएका र काम गरि खाने श्रमिकलाई नगद राहत दिनुपर्छ ।
उद्योगी, व्यापारीलाई पनि सरकारले संकटका बेला हेर्नुपर्छ। सहयोग गर्नुपर्छ। सरकार अभिभावक बन्न जान्नुप¥यो ।