दाङमा थप चार जनामा कोरोना संक्रमण

दाङ,२६ जेठ । दाङमा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । थपिएको चार जनासँगै दाङमा कोरोना संक्रमितको संख्या ८० जना पुगेको छ ।

सोमवार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परिक्षणका क्रममा वंगलाचुली गाउँपालिका– १ का ३ पुरुष र घोराही उपमहानगरपालिका–१८ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् ।

उनीहरु मध्य बंगलाचुली गाउँपालिका–१ निवासी ३१, ४३ र ७० वर्षीका पुरुष र घोराही–१८ निवासी ५९ बर्षीय एक पुरुष रहेका छन । उनीहरु मध्य घोराहीका ५९ बर्षीय पुरुष रोजगारीका क्रममा भारतको दिल्लीमा मृत्यु भएको थियो । मृत्यु भएपछि आइतवार घोराही ल्याइएको शव परिक्षणका क्रममा कोरोनाको संक्रमण देखिएको थियो ।