काठमाडौं, २६ जेठ । नेपालमा कोरोना संक्रमितको सख्या ३७६२ पुगेको छ ।
सोमबार थप ३ सय १४ जना कोरोना संक्रमित फेला परेसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार ७ सय ६२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएका मध्य २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।