Goraksha

National Daily

संघर्ष समितिद्वारा एमसिसीको विरोध

दाङ, २४ जेठ । घोराहीमा मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीको विरोधमा शनिवार विरोध गरिएको छ । संयुक्त राजनीतिक संघर्ष समिति दाङले एमसिसीको विरोध गर्दै सभा गरिएको होे ।

घोराहीको तुलसीपुर चोकमा विरोधसभाको आयोजना गरी समितिका सदस्यहरुले एमसिसी कुनै पनि हालतमा नेपालको हितमा नरहेको भन्दै अमेरिकालाई खुशी बनाउन सरकारले अनुमोदन गर्न लागेको बताएका थिए ।

उनीहरुले एमसिसी अनुमोदन भए आन्दोलन चर्काउने चेतावनी समेत दिए ।

कार्यक्रममा नेकपा मसाल दाङ जिल्ला प्रवक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा मालेका सचिव नेत्रप्रकाश पाण्डे, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला इञ्चार्ज समिर केसी, देशभक्त गणतान्त्रिक मोर्चाका नरेन्द्र बञ्जाडेले राष्ट्रघाती परियोजनाको विरोध गर्न सबैलाई आग्रह गरेका थिए ।

अमेरिकाले चीनको काउण्टर गर्न दक्षिण एसियामा सेना बसाउने योजना अनुसार एमसिसी ल्याएको भन्दै नेपाली राजनीतिक नेतृत्वलाई लेन्डुप नबन्न सुझाव दिए