दाङ,२२ जेठ । प्रदेश ५ मा कोरोना भाइरस नियन्त्रण र उपचारको कामलाई थप प्रभावकारी बनाउने भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण र उपचारको कामलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको हो ।
बैठकमा मुख्यमन्त्री पोखरेलले प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिबीच नियमित समन्वय गरी कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिएका छन् ।
चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने गरी सबैले भूमिका निर्वाचनमा निर्वाह गर्न पनि मुख्यमन्त्री पोखरेलले निर्देशन दिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।