दाङमा १५ जना थपिएसँगै संक्रमितको संख्या ७१

दाङ,१५ जेठ । दाङमा पछिल्लो पटक १५ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरु घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, राजपुर गाउँपालिका र बबई गाउँपालिकाका नागरिकहरु रहेका छन् ।

योसँगै दाङमा संक्रमितको संख्या ७१ पुगेको छ भने ती मध्य तीन जना निको भएर घर फर्किएका छन् ।विहीवार थपिएका १५ संक्रमितहरु बंगलाचुली गाउँपालिकाका ६ जना, घोराही उपमहानगरपालिकाका ५ जना, राजपुर गाउँपालिका ३ जना र बबई गाउँपालिकाका १ जना गरि जम्मा १५ जनामा कोरोना पुष्टि भएको हो ।

१५ जना संक्रमित थपिएसँगै दाङमा कोरोना संक्रमितको संख्या ७१ जना पुगेको छ । विहीवार कोरोना पुष्टि हुनेमा बंगलाचुली गाउँपालिका–३ का १७ र २२ बर्षका पुरुष व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बंगलाचुली–४ का १६, २४, १८ बर्षीय पुरुष र २३ बर्षीय एक महिलामा कोरोना पुष्टि भएको होे ।

त्यसैगरी कोरोना संक्रमित हुने घोराही– ९ का २२, ३३ र ३६ र वडा नं. २ का १८ र २ १ बर्षका पुरुषहरु रहेका छन । राजपुर गाउँपालिका–२ का ३४ बर्षीय र ३ का २७ र ४ का २६ बर्षीय पुरुष र पश्चिम दाङको बबई गाउँपालिका–५ का १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान श्रोेतले जानकारी दिएको छ । थपिएका सवै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका छन ।