कलश बचतद्धारा राहत सामाग्री हस्तान्तरण

दाङ, २२ जेठ । कशल बचत तथा ऋण सहकारी संस्था घोराही दाङले लकडाउनका कारण छाकबस्ने अवस्थामा पुगेका नागरिकका लागि घोराही उपमहानगरपालितकालाई राहत प्रदान गरेको छ ।

संस्थाकातर्फबाट १५ हजार रुपैया बराबरको राहत सामाग्री बिहिवार घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयलाई हस्तान्तरण गरिएको छ ।

संस्थाका अध्यक्ष बालचन्द्र शर्मा सहितको टोलीले २ सय ५० किलो चामल, १० किलो दाल, १० किलो नुन र १० लिटर खाने तेल बडाध्यक्ष पाण्डेलाई प्रदान गरेको थियो ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण नेपालमा गत चैत्र ११ गतेदेखि शुरु भएको लकडाउनका कारण अति निम्न वर्गिय र ज्याला मजदुरी गरी खाने नागरिकलाई बिहान बेलुका छाक टार्न समेत धौधौ परिरहेको महसुस गरी उनीहरुको सहयोगका लागि राहत प्रदान गरिएको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले बताएका छन ।

राहत सामाग्री बुझ्दै वडा अध्यक्ष पाण्डेले राहत प्रदान गरेकोमा संस्थालाई धन्यवाद दिएका छन ।

युवाहरुको नेतृत्वमा संचालन भइरहेको संस्थामा वेरोजगार युवाहरुलाई लक्षित गरी नेपाल युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय काठमाडौंको सहकार्यमा सदस्यहरुलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने,शैक्षिक प्रमाण पत्र धितो राखेर वेरोजगार युवाहरुलाई शैक्षिक कर्जा उपलव्ध गराउने,पेन्सन बचत उपदान बचत,दोब्बर भुक्तानी बचत जस्ता लोकप्रिय बचत कार्यव्रmमहरुको संचालन गर्ने,विभिन्न सामुदायीक विद्यालयहरुमा अक्षयकोषको स्थापना गर्ने लगाएतका कार्यहरु गर्दै आइरहेको छ ।