कोरोना संक्रमितको संख्या २६३४, एकैदिन ३३४ जनामा कोरोना पुष्टि

दाङ,२२ जेठ । नेपालमा कोरोना संक्रमितको सख्या २६३४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३३४ संक्रमित थपिएपछि कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका हुन । उनीहरु दैलेख, रौतहट, पर्सा, दाङलगायतका जिल्लाहरुका रहेका छन ।

हालसम्म देशभरका विभिन्‍न अस्पतालबाट २९० जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट घर फर्किएका छन । जसमा २३४ पुरुष रहेका छन् भने ५६ जना महिला रहेका छन् ।