अजय मिश्र
कृष्णनगर, २१ जेठ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले धानको उत्पादन बढाउन किसानलाई हाइबे्रट जातको धानको वीऊ वितरण गरेको छ । नगरपालिकाले गाउँपालिका किसानहरुलाई १८ क्विंटल धानको बिउ वितरण गरिरहेको हो ।
कृष्णनगर नगरपालिका बहादुरगंजमा रहेको राम गोरखा माध्यामिक विद्यालयबाट किसानलाई धानको वीऊ वितरण गरेको हो । किसानले धानको वीऊ राख्ने समय भएकाले किसानलाई उन्नत जातको धानको वीऊ वितरण गरेको कृष्णनगर नगरपालिका कृषि अधिकृत सुदिपप्रताप मौर्यले जानकारी दिएका छन ।
नगरपालिकाले उपज र युएस ३०५लगायतका धानको वीऊ वितरण गरेको हो । कृषि समुह र किसान व्यक्तिगतमार्फत उक्त वीउm वितरण गरिएको कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्रराम चौधरी ले जानकारी दिएका छन ।
किसानलाई धानको उत्पादन बढाउन सहयोग गर्ने उद्देश्यले हाइब्रेट धानको विउ वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाहले बताएका छन ।