शिवराज खनाल
दाङ,१७ जेठ । देउखुरीको लमहीमा एकैदिन ६५ जनाले रक्तदान गरेका छन । लमही नगरपालिका–५ लमहीमा रहेको भुगोल बचत तथा ऋण सहकारी सस्थाले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका हुन ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको समयम जिल्लाम रगतको अभाव हुन नदिनका लागि सहकारी सस्थाले रक्तदान कार्यक्रमको आयोगना सस्थाका अध्यक्ष गंगाराम भट्राईले जानकारी दिएका छन । ‘लकडाउन भएसँगै सबै ठप्प छ, जसले गर्दा बिरामीहरु ब्लड बैँक जानसक्ने सम्भावना न्यून छ’, अध्यक्ष भट्टराईले भने,‘बिरामीका लागि रगत अभाव हुन नदिन र स्थानिय स्तरमै उपलब्ध गराउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ ।’
कार्यक्रममा सहभागीहरुले सामाजिक दुरी कायम गरेर रक्तदान गरेका थिए । रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सहकारीकर्मी,सञ्चारकर्मीलगायतले रक्तदान गरेको सहकारी सस्थाले जानकारी दिएको छ ।