calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

बचेनी बस दुर्घटनाः एक महिलाको मृत्यु, २० घाइते

दाङ,१० मंसिर । दाङमा सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दाङको घोराहीदेखि प्यूठानको ढिकाबाङ जादै गरेको ना ३ ख ६५४२ नम्वरको बस दाङको बंगलाचली गाउँपालिका वडा नं.६ बचेनीमा भएको दुर्घटनामा प्यूठान जिल्ला माण्डवी गाउँपालिका–२ निवासी १६ बर्षीय नेहा वलीको मृत्यु भएको हो ।

बस विपरित दिशाबाट आएको अर्काे बसलाई साइड दिने क्रममा सडकदेखि ५० मिटर तल खसेको थियो । दुर्घटनामा वलीको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

उक्त दुर्घट्नामा बस चालक सहित २० जना घाइते भएका छन । दुर्घटनामा चार जना गम्भीर घाइते भएको प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिएका छन । घाइतेहरुको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइैरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिएका छन ।
शाहका अनुसार घाइतेहरुको नाम यस प्रकारको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेका घाईतेहरुको बिवरणः

१ दाङ बंगलाचुली गा.पा.६ रुपिनडाडा बस्ने बर्ष ४० को हिक्मत पुन ( सह चालक ) टाउको,अनुहार बाया हातमा चोट सिरियस (कोहलपुर रिफर)

२ प्युठान मान्डबी १ बस्ने बर्ष ३४ को लोक बहादुर बुढा टाउको, बाया खुट्टा र बाया हातमा चोट सिरियस (चालक)

३ घोराही उपमहानगरपालिका– १ बर्ष ३२ को सन्तोष परियार टाउको बाया हात र मुख चोट सिरियस

४ घोराही उउपमहानगरपालिका–१६ शर्रा बस्ने बर्ष २२ कि बिमला शर्मा टाउको अनुहार र दाया खुट्टामा चोट सिरियस

५ बंगलाचुली गाउँपालिका–४ बस्ने बर्ष १८ कि गिरा केसीको टाउको र अनुहारमा चोट मध्यम

६ प्युठान मान्डबी गाउँपालिका–४ बस्ने बर्ष २० कि समिक्षा शर्मा दाया खुट्टा बाया हात र टाउकोमा चोट अवस्था मध्यम

७ प्युठान मान्डबी गाउँपालिका–२ बस्ने बर्ष २० को युवराज परियार मुख अनुहार बाया हातमा चोट सामान्य

८ सोही ठाउँ ।बस्ने बर्ष १९ को यज्ञ परियार छातिमा चोट सामान्य

९ घोराही–३ भैसपुर बस्ने बर्ष २२ कि दिपा केसी छाति र बाया हातमा चोट सामान्य

१० प्युठान मान्डपी गाउँपालिका–२ बस्ने बर्ष २४ को बिरास परियार अनुहार पेट र दाया हातमा चोट सामान्य

११ घोराही–१७ बस्ने बर्ष ३८ को बिरु घिमिरे ढाडमा चोट सामान्य

१२ घोराही–२ निवासी ४१ कि गायत्र परियार टाउकोमा चोट सामान्य

१३ घोराही– १७ बस्ने १८ महिनाकी रक्षा परियार टाउकोमा चोट अवस्था सामान्य

१४ तुलसीपुर–७ बस्ने बर्ष ३१ को बसन्त केसीको बाया खुट्टामा चोट सामान्य

१५ घोराही– १७ बस्ने बर्ष ३० कि रिखा परियार दाया खुट्टा र टाउकोमा चोट सामान्य

१६ घोराही– १७ निवासी ७ बर्षीया रोसनी परियार टाउकोमा चोट सामान्य

१७ बंगलाचुली गाउँपालिका–६ तिग्ले बस्ने बर्ष १८ कि गिरा केसीको टाउको र अनुहारमा चोट सामान्य

१८ रोल्पा रुम्टीगढी गाउँपालिका–३ बस्ने बर्ष १८ कि उर्मिला परियार दुबै खट्टा र मुखमा चोट सामान्य

१९ घोराही–१ बस्ने बर्ष २३ केशव परियार ढाड र कुममा चोट अवस्था सामान्य

२० रोल्पा रुम्टी गढी गाउँपालिका ३ बस्ने बर्ष १९ कि भगवता परियार बाया हातमा चोट सामान्य