calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

ज्येष्ठ नागरिक भन्छन–‘केशबले जिते चौरासीको पुण्य पाइने थियो’

देविराम कुसारी
पश्चिम दाङ, १० मसिंर । ‘चौरासी पूजा गरेको छैन बाबु, केशवले जिते चौरासी हुने थियो ।’ पञ्चकुलेका ८३ वर्षीय कविराम भण्डारीले कांग्रेसका उमेदावर केशवराज आचार्यप्रतिको मोह चाउरी परेमा हात देखाउदै पोखे– आफै यीनै हातले रुखमा भोट हाल्ने हुँ ।

आफुले केशवराजका सबै आनिबानीलाई नजिकबाट थाहा पाएको बताउने भण्डारीले केशवराजलाई अनुशासनका प्रतिमुर्ती, शालिनताका प्रतीक भएको, कुनै पनि विवादमा नमुछिएका व्यक्तिलाइ जिताउने ठुलो रहर भएको बताए । ‘केशब पवित्र मनका छन्, उनीलाई जिताए म बुढो पनि पुण्य हुने थिए’, भण्डारीले प्रतिप्रश्न गरे,‘लौ हजुर भन्नु तँ बाबु केशव भन्दा राम्रो उम्मेदवार को छ ?’

पश्चिम दाङका ज्येष्ठ नागरिकले कांग्रेसका उमेदवार केशवराज आचार्यलाई आस्थाका रुपमा पनि लिने गरेका छन् । बाहुनको छोरा भएर पनि चौधरी भाषा दुरुस्त बोल्ने, दलितको घरमा आनन्दले खाने, माछामासु मादक पदार्थ सेवन नगर्ने, सबै धर्मलाई सम्मन गर्ने, सर्वहाराको पक्षमा बोल्दा जेलनेल खाएका केशवराजका राम्रा बानीमा पर्ने गर्दछन् ।

राजनीति आदर्श र चरित्र बुझेका व्यक्तिका रुपमा स्थापित भएको र सबैसंँग नजिक हुने केशबको बलियो पक्ष भएको ज्येष्ठ नागरिक भण्डारी बताउँछन । ‘उहाँले मेरा घर भुइमा बसेर खाना खादा मेरै भाई जस्तो देखेकी छु’, केशवको आत्मियता प्रस्तुत गर्दै शान्तिनगर–४ जुम्लेकुला निवासी ७४ वर्षीया रत्ना केसीले भनिन्,‘म त केशवलाई भोट हालेरै छोड्नु हुँ ।’ ज्येष्ठ आमाको मनमा केशवराजले साच्चिकै राज नै गरेका रहेछन । कतै भेट्दा पनि टाढैबाट हासेर बोलाउने, नजिक आएर आमा भनेर सान्चो विसन्चो सोद्दै सुमसुम्याउने सायद मेरो छोराले पनि कमै गरेको होला केसीले आखा रसिला बनाउदै भनिन्,‘ भोट हाल्ने मात्रै हैन विजयीको रातो अबिर लगाइदिने ठुलो रहर छ ।’

केसी आमासँंग कुरा गर्दैगर्दा छेउमा बसेका अर्का ज्येष्ठ नागरिक यो पंतिकारको नजिकै आइन ।

लौरी टेक्दै नजिक आएका दंगीशरण गाउँपालिका– ३ निवासी देबबहादुर डाँगीले भने–‘म पनि केशवलाई नै भोट हाल्ने हुँ । केशव जस्तो पवित्र मान्छेलाई जिताए आफुले वैतर्नी समेतको फाल पाउने थिए ।’ हामीलाई भत्ताभन्दा सम्मान चाहिएको हो त्यो केशवैसंँग छ ।

त्यस्तै अर्की ज्येष्ठ नागरिक दंगीशरण गाउँपालिका निवासी कृष्णकुमारी आचार्यले उत्साहित हुँदै भनिन्–‘केशव मेरो आखाका नानी हुनुहुन्छ । आफु मरेर गएपनि जनताको सेवा गर्ने अझ बढि जिम्म्मेवारी सुम्पिने पश्चिम दाङका ज्येष्ठ नागरिकहरुको रहर रहेको छ ।’ यी सबै अग्रजको रहर पुरा गर्नका लागि र जेष्ठ नागरिकको सम्मानका लागि लाग्न कांग्रेस दाङ ३ (ख) प्रचार–प्रचार समितिले सवैमा आग्रह गरेका छन ।