गुरु द्रोणको उत्पत्ति र द्रुपदसँग वैमनश्यता

राधेश्याम उपाध्याय

महर्षि भारद्वाज मुनि बडा व्रतशील र यशस्वी थिए । उनी गंगाद्धार नामको ठाउमा वस्दथे । गंगा स्नान गर्न गंगा नदिमा गएको समयमा मुनिले नदि मा स्नान गरी जल बाट बाहिर आऊदै गरेको अवथामा लुगा फेर्दै अर्ध नग्न अवस्थामा रहेकी घृताची अप्सरालाई देखी मुनि मोहित भई रोक्न नसकेर उनको वीर्य स्खलित भयो । उक्त विर्य दोम नामक भाँडामा राखिदिए । केही समयपछि त्यसबाट द्रोण पैदा भए । छोरा ठूला भएपछि अग्निवैश्यले अनेकौं शिक्षा दीक्षा दिए । त्यही समयमा पान्चालका राजा पृषतका छोरा द्रुपद द्रोण सँगसँगै खेल्ने पढ्ने वालसखा बन्न पुगे ।

राजा पृषतको स्वर्गे भएपछि तिनको छोरा द्रुपद पान्चालका राजा भए । द्रोण शिक्षार्थका लागि परशुरामजीसँग गए । परशुरामले पनि द्रोणलाई चेलो बनाए र सवै शास्त्रहरुको सम्पुर्ण ज्ञान दिए । द्रोणले पनि गुरुलाई सेवा चाकरी गरेर रिझाएका थिए । शिक्षा पूरा भयो धनुर विद्यामा पारङ्गत भए ।

गुरुसँग विदा भई द्रोण फर्के र शान्तनु राजाले पालेर राखेकी कृपाचार्यकी बहिनी कृपीसँग विवाह गरे । उनीहरुबाट निधारमा मण धारण गरेका अस्वस्थामाको जन्म भयो । उनीहरु गरिव थिए । एकदिनको कुरा हो अस्वत्थामाले आमासँग दूध खान मागे, दूध थिएन आमाले पिठो ¥यालेर दूध भनेर खान दिईन् । यो कुराले पति पत्नी निकै दुखी भए । द्रोणले आफ्ना पुराना साथी द्रुपदलाई सम्झिए । उनी पान्चाल देशका राजा थिए । राजासँग केही सहयोगका लागि हे मित्र मात्र के भनेका थिए राजालाई सो कुरा सह्य भएन सन्किइहाले । माग्ने भिक्षुकले सखा मलाई कसरी भन्यौं । सखा बराबर हैसियतमा पो हुन सक्दछ । राजाको निर्धन भिक्षुकसँग मित्रता हुन सक्दैन । वाल्यकालमा पढ्दाको मित्रता क्षणिक र स्वार्थवश थियो भन्दै घमण्डले ब्राह्मणलाई तथानाम गाली बेइज्जत गरे द्रोण रिसाएर केही नबोली म जान्छु भनी उठेर हिंडे । एउटा रिस वैमनस्यता ईखको विजारोपण भयो । यस्को साटो फेर्छु भनी उनी हस्तिनापुर गए र कुरुपाण्डवका गुरु भई बस्दा भए । गुरु द्रोणले सबै राजकुमारलाई शस्त्रअस्त्रको शिक्षा दिए र कुशल योद्धा बनाए । एकदिन रुखमा एउटा चरा राखी आँखा भेदन गर्न लगाएर आफ्ना शिष्यहरुको कौशलताको परीक्षा लिए ।
त्यसमा अर्जुन पास भए र अर्जुन सर्वश्रेष्ठ योद्धा बने । यो कौरवहरुका लागि असह्य थियो । एकदिन गुरुले आफ्ना शिष्यहरुको कला कौशल राजदरवार र देशका जनतासामु देखाउने विचार गरे र एक उत्सवको आयोजना गरे । सबै शिष्यहरुले आ–आफ्नो रणकौशल देखाए । दुर्योधन र भीमले गदा युद्धको कौशल देखाउँदा देखाउँदै एकआपसमा युद्ध नै गर्न थाले । यो अवस्था देखेर गुरुले आफ्ना छोरा अस्वत्थामालाई भनेर युद्ध रोक्न लगाए । अर्जुनले आफ्नो कौशल देखाउँदै थिए त्यही मौकामा कुन्तीका जेठा छोरा त्यो कसैलाई थाहा थिएन तापनि सुतपुत्र (भीष्मका सारथीका छोरा)कर्ण आइपुगे र अर्जुनलाई आफूसँग लड्न हाँक चुनौती दिए । स्थिति तनावपूर्ण भयो भीष्म उठेर राजाको छोरा र सुतपुत्र समान हुँदैन ।

यो राजकुमारहरुको बीको खेल हो यसमा तिमीले भाग दिन पाउँदैनौ भने दुर्योधन पहिलेदेखि नै रिसाइरहेको थियो । उसले तुरुन्तै ब्राह्मणहरुलाई बोलाए र आफ्नो अधिकारमा रहेको अङ्गदेशको राजा बनाई दिए र अब त हैसियत बराबर भयो कर्णले पनि यसमा भाग लिन पाउनुपर्दछ लौ कोही छौं भने युद्ध गर आओ भनी चुनौती दिए । स्थिति भयावह देखेर भीष्मले रोक्नुभयो । यसरी कर्ण अङ्गदेशका राजा बने ।

गुरु द्रोणाचार्यलाई राजा द्रुपदसँग पुरानो रिसिइवी थियो । त्यही आफ्नो पुरानो वचन पूरा गर्ने उद्देश्यले उनी हस्तिनापुरका राजकुमारहरुको गुरु बन्न आएका थिए । आफ्ना सबै चेलाहरुलाई बोलाए र अब मलाई गुरु दक्षिणास्वरुप पान्चाल देशका राजा द्रुपदलाई पाता कसेर मेरा अगाडि हाजिर गराओ भनी गुरुदक्षिणा मागे । गुरुको आज्ञा पाउनका लागि सबै राजकुमारहरु पान्चाल देशतर्फ लागे । कौरवहरुको तमासा हेर्ने विचारले पाण्डव पाँच भाइ युद्धमा होमिएनन् छुट्टै बसे ।

कौरवहरु र पान्चाल देशका सैनिकहरु बीच घमासान युद्ध भयो । कौरवहरुको सेखी झार्दै परास्त गरे । कौरवहरु लज्जित भई ज्यान जोगाएर त्यहाँबाट भागे । यो गम्भीर अवस्था देखेर गुरुको आज्ञा लिई पाण्डवहरु युद्धमा गए र युद्धमा जितेर पान्चाल राजा द्रुपदलाई गुरु आज्ञाबमोजिम बाँधेर पाता कसेर गुरुका अगाडि समर्पण गरे । गुरुले हाँस्दै खिसी गर्दै अगाडिको कुरा सुनाए । पहिला घमण्डी बनेर मित्र समान हैसियतमा मात्र हुन सक्छ राजा र गरिव ब्राम्हणबीच मित्रता हुन सक्दैन भनेका थियो भनी राजालाई लज्जित पारे र भने अब म समान भए म तिम्रो आधा राज्य लिन्छु र साथी बन्छु भनेपछि राजाले लज्जावश स्वीकारी आधा राज्य दिए र असल सखा मान्दछु भने । गुरु द्रोणले आफ्नो छोरा अस्वस्थामालाई राजा बनाए । यसरी गुरु द्रोणले आफ्नो पुरानो रिस पोखे र यस कार्यमा अर्जुनले गरेको रणकौशलबाट प्रभावित भई अर्जुनलाई ब्रम्हशर नामको अमोध शस्त्र प्रदान गरे ।

यो सबै विस्तारपूर्वक राजा धृतराष्ट्र्रले सुने विद्यामा बलमा बुद्धिमा र गुणमा पाँचैजना पाण्डव निपुण छन् भन्ने थाहा पाए र काका भीष्म गुरु द्रोण कुलगुरु कृप महामन्त्री विदुरको सल्लाहमा पाण्डुपुत्र युधिष्ठिरलाई खिचातानीका बीच युवराजको पद दिए । आफ्ना बन्धुवान्धव तथा प्रजागणलाई धर्मसुतले विभिन्न किसिमले खुसी गराए सम्पूर्ण राष्ट्रमा खुसी छायो ती राज्य सञ्चालनमा सुयोग्य देखिए । राष्ट्र्ले एउटा सुयोग्य युवराज पायो देश र जनतामा सुख शान्ति तथा प्रगति हँुदै गयो पाँच पाण्डवको खुब कीर्ति तथा चर्चा हुन थाल्यो । तर यसले धृतराष्ट्र र उनका सन्तानमा शंका उत्पन्न गराउन थाल्यो । अब छलछामको रणनीति शुरु हुन थाल्यो । एकजना कणिक नामका नीतिज्ञ मन्त्री थिए । उनीसँग धृतराष्ट्रले धेरै ज्ञानगुणका नीतिहरु सुने कणिक नामका मन्त्रीले पनि एउटा राम्रो कथा सुनाउँदै नीति भेदअनुसार साम–दाम दण्ड–भेद मौकाअनुसार प्रयोग गरेर आफ्नो पकडमा शक्ति सञ्चय गरी राज्य सत्ता सञ्चालन गर्न सुझाव दिए । तृवर्ग पाँच र नीति सात थरिका हुन्छन् तिनलाई बुद्धिमानहरुले आफ्नो ईच्छाअनुसार गुप्तचरहरुको गोप्य सूचनाका आधारमा राज्य सञ्चालन गर्नुपर्दछ र शत्रुहरुको समयमा नै मौका छोपी नष्ट गर्नु पर्दछ भनी नीतिका कुरा सुनाए । पाण्डवहरुको बुद्धि बल शौर्य देखेर कौरवहरु आत्तिन थाले । क्रमशः