पश्चिम रुकुम घट्नाका दोषीलाई कडा कारवाही गर्न माग

दाङ,१५ जेठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घट्नाका दोषीलाई कडाभन्दा कडा कारवार्ही गरि पीडित पक्षलाई न्याय दिन महिला मानवअधिकारकर्मी तथा सिसा नेपाल सस्थाकी अध्यक्ष साजिद्धा सिद्धिकीले सरकारसँग आग्रह गरेकी छिन ।

सिद्धिकीले विहिवार एक विज्ञप्ति जारी गर्दै गएको जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घट्नाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारवार्ही गर्न आग्रह गरेकी हुन । व्यक्तिको ज्यान नै जाने गरि घट्ना घटाउनु गलत भएको भन्दै उनले उक्त घट्नाको सत्यतथ्य छानविन गरेर दोषीलाई कडा कारवार्हीको माग गरेकी छन ।

उनले बालविवाह गर्नु अपराध भएकाले कसैले पनि गर्न नहुने बताएकी छिन । ‘बालविवाह कानुनले रोकेको छ, बालविवाह गर्नु अपराध हो’–विज्ञप्तिमा भनिएको छ–‘ त्यसैले बालविवाह गर्नुहुदैन, बालविाह रोकिनुपर्छ ।’ सथौ उनले विज्ञप्तिमार्फत जातको नाममा दलित समुदायप्रति भएको घट्नाप्रति सस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘ुयुवायुवती फरक समुदायका भएपनि,मन मिले उनीहरुले विवाह गर्न सक्छन’–उनले भनिन्–‘जातको आधारमा विभेद गर्नेलाई कारवार्ही गर्नुपर्छ ।’ उनले २१ औं सताव्द्धीको अहिलेको युवामा पनि जातका नाममा दलित युवा समुदायप्रतिको भएको विभेद्को घट्नाको भ्रत्सना समेत गरेकी छिन । ‘अहिलेको समयमा जातको नाममा भएको विभेद दलित समुदायप्रति मात्र होइन,सिंगो नेपाली समुदायप्रतिको विभेद् हो’–विज्ञप्तिमा भनिएको छ–‘सरकारले उक्त घट्नाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवार्ही गर्नुपर्छ ।’ उनले विज्ञप्तिमार्फत जघन्य अपराधिक घट्नामा संलग्न दोषीहरुलाई राजनीतिक संरक्षण नदिन समेत सवैप्रति आग्रह गरेकी छिन ।

साथै उनले पीडितप्रति सहानुभुति जनाउदै मृतकप्रति संवेदना प्रकट गरेकी छिन । उक्त घट्नामा केटी भगाउनका लागि जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का नवराज विकसहित आएको टोलीलाई केटी पक्षले लखेटी लखेटी पिटेको र एक युवाको हात बाधेर नदिमा फालेको अवस्थामा उनको सव भेटिनु बवर अपराधको पराकाष्टा भएको जनाइएको छ ।

घट्नामा नवराज विकसहित चार जनाको मृत्यु भैरहेको छ भने अझै दुई जना बेपत्ता रहेका छन । कतिपय भागेर ज्यान बचाउन सफल भय भने केही युवालाई जबरजीती नदिमा हाम फाल्न बाध्य बनाइका हुन या ज्यान जोगाउन आफै नदिमा हाम फालेका हुन यस बिषयमा पनि खोजी गर्न समेत उनले आग्रह गरेकी छिन ।