हेमराज शर्मा
दाङ,१५ जेठ । सामुदायिक वन उपभोक्ता महासंघ दाङले बिबिध कार्यक्रम गरी वन महासंघको २५ औ स्थापना दिवस मनाउन आग्रह गरेको छ ।
वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदी र सचिव जानका केसीले आज बिहिवार एक बिज्ञप्ति निकालेर भोली जेठ १६ गतेखि तीन दिनसम्म आफू अनुकुल बिविध कार्यक्रम गरी महासंघको २५ औ स्थापना दिवस मनाउन जिल्लाका १० वटै स्थानीय महासंघ र सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरेका छन ।
वन महासंघले हरेक बर्ष जेठ १८ गते आफ्नो स्थापना दिवस मनाउने गर्दछ । सामुदायिक वन उपभोक्ता महासंघको राष्टि«य सचिवालयको निर्णय अनुसार जेठ १६, १७ र १८ गते वन महासंघको स्थापना दिवस मनाउने कार्यक्रम अनुसार स्थानीय महासंघ र वन समूहले स्थानीय रुपमा कार्यक्रम गरी कार्यक्रमका बारेमा जिल्ला महासंघको सचिवालयमा गराउन समेत बिज्ञप्तिमा आग्रह गरिएको छ ।
विभिन्न आरोह अवरोह पार गर्दै सामुदायिक वन उपभोक्ता महासंघको २४ औं बर्ष पुरा गरी २५ औं बर्षमा प्रवेश गरेको अवसरमा यो अभियानमा लाग्ने सवैलाई गौरवान्वित बनाएको उल्लेख गर्दै रजत जयन्तीका बिबिध कार्यक्रम गरी मनाउन बिज्ञप्तिमा आग्रह गरिएको छ ।
अहिले सिंगो विश्व कोरोना भाइरसको सङ्क्रमणबाट सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै आफू अनुकुल कार्यक्रम गरी “वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकारः उद्यमशिलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने नाराका साथ वन महासंघको स्थापना दिवस मनाइने भएको हो ।