कांग्रेस दाङद्धारा १३ औं गणतन्त्र दिवसको शुभकामना

दाङ,१५ जेठ । नेपाली कांग्रेस दाङले १३ औ्र गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएको छ । कांग्रेसका जिल्ला सभापति किर्तीबहादुर खड्काले आज विहिवार एक विज्ञप्ति जारी गर्दै १३ औं गणतन्त्र दिवसका अवसरमा आज नेपाली जनतालाई शुभकामना दिएका हुन ।

उनले विज्ञप्तिमा लोकतन्त्र ल्याउन प्राण आहुती गर्ने सबै शहिदप्रति सम्मान गर्दै यो दिवसले जनतामा संबिधान प्रदत्त अधिकार प्रयोग गर्दै जनताको जीवनमा समृद्धि ल्याउन भुमिका खेलेको भनिएको छ ।

त्यसै गरी सभापति खड्काले जनताले बिकासको बाटो अनुभुती गर्नसँगै समाज बिकास र रुपान्तरणका लागि सवैका विचमा एकता आवश्यक रकेको बताएका छन । ‘राष्ट्रियताको संरक्षणमा राष्ट्रिय एकताका लागि आजको दिनले हामीलाई सधै उत्साही बनाउने गर्दछ’–काग्रेसद्धारा विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय हितमा लाग्न आजको दिन महत्त्वपूर्ण भएकोले सबैमा राष्ट्रिय एकताको सुत्रमा बाध्न आजको दिन महत्वपूर्ण हुनेमा काग्रेसको बिश्वास रहेको भन्दै सभापति खड्काले सरकारले एकताको लागि सरकारले पहल गर्न समेत आवश्यक रहेको बताएका छन । साथै उनले अहिलेको विषम परिस्थीतिमा जनतालाई कोरोना भाइरसबाट बचाउनका लागि सरकारले जति सक्यो चाडो परिक्षणको दायर बढाउन समेत आग्रह गरेका छन ।