जोगाउने नाममा देखाउन मात्रै क्वारेन्टाइन

शिवराज खनाल

लमही, १३ जेठ । ‘यस्तो स्थानमा यातना पाउनुभन्दा घरको वारीमा त्रिपाल टांगेरै बस्न तयार छौं, क्वारेन्टाइन सुधार वा घर पठाउ’, भर्खरै भारतीय सिमा नाकाबाट घर फर्कने क्रममा लमही क्वारेन्टाइनमा रहेका लमही नगरपालिका वडानम्बर १ घर भएका गोबिन्द प्रसाद पौडेलले बताए । क्वारेन्टाइनका विषयमा सुनीरहेका र क्वारेन्टाइनको मापदण्डका विषयमा जानेबुझेका दर्जनौं युवाहरुले लमही नगरपालिकाले सन्चालनमा ल्याएको क्वारेन्टाइनमा समय विताउंदाको यस्तै कष्टकर अनुभुति सुनाए ।

मर्नैपरे आफ्नै देशमा मारिछ भन्दै यतिबेला वैदेशिक रोजगारिका लागि बिदेशियका युबाहरु घरफर्कन यहां लर्को लाग्न थालेको छ । कोरोना संक्रमीत क्षेत्रबाट फर्कने युबाहरुमा नोबेल कोरोना भाइरसको संक्रमणहुन सक्ने तर त्यो तत्काल नदेखिने हुदा स्थानियस्तरका जनतालाई कोरोना संक्रमणबाट बचाउन स्थानीयतहले अआफ्नो निकायमा क्यारन्टाइन् । ब्यबस्था मिलाएका छन् । तर क्वारेन्टाइइनमा तोकिएको मापदण्डका न्युनतम सेवाहरु समेत उपलव्ध गराइएको छैन । जोगाउनकालागी होइन देखाउनकालागी क्वारेन्टाइन बनाइएको गुनासो सर्वत्र हुन थालेको छ ।

यसैबीच लमहीस्थीत रातोडांडामा सन्चालनमा ल्याइएको क्वारेन्टाइनको मंगलवार अनुगमन गरिएको छ । अनुगमनका क्रममा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापती भेष राज पान्डेले समन्वय र सर्वपक्षिय छलफलको अभावमा क्वारेन्टाइनको समुचित व्यवस्थापन हुन नसकेको अभिव्यक्ति दिए । ‘यस क्षेत्रमा विभिन्न राजनितिक दलहरु छन्, सामाजिक संघसंस्थाहरु पनि छन्, व्यावसायीहरु छन्, तर कसैसंग पनि समन्वय नगरी मनोमानी ढंगले क्वारेन्टाइन सन्चालनमा ल्याउंदा व्यवस्थीत हुन सकेन’—पाण्डेले भने । उक्त अबलोकन कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी, लमहि चेम्बर अफ कमर्स का अध्यक्ष अजय न्यौपाने, चेम्बरकै वरिष्ठ उपाध्यक्ष किरण बिक्रम साह लगाएत को उपस्थिति रहेको थियो ।