बाँके १२ जेठ उच्च अदालत तलुसीपुर, नेपालगन्ज इजलासले कोरोना रोकथाममा पर्याप्त सावधानी अपनाउन आदेश दिएको छ । यससँगै अदालतले सोमबार ११ बुँदे आदेश जारी गरेको हो । आदेशअनुसार क्वारेन्टाइन आइसोलेसन सञ्चालन, वृद्धवृद्धाका लागि घर दैलोमा सामाजिक सुरक्षा भत्ता, सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक, सरोकारवालासँगको परामर्शमा कोरोना महामारी रोकथाम न्यूनीकरण नीति निर्देशिका तत्काल बनाइ कार्यान्वयन गर्न, सीमा नाकामा प्रभावकारी सुरक्षा व्यवस्था अपनाउन, नेपाल आउनेहरुको लागि अनिवार्य क्वारेन्टाइनको व्यवस्थापन लगायत बुँदा छन् । रिटमा बाँके र बर्दियाका सबै स्थानीय तह, प्रहरी प्रशासन र प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय लगायतका ३७ निकायलाई विपक्षी बनाइएको छ ।