भूपेन्द सुवेदी
कोभिड–१९ को महामारीले विश्वलाई समेत आतंकित पारिरहेको अवस्थाले यो महामारी संकटबाट हामी हाम्रो नेपाल पनि चोखो रहन सकेन र अझ बढी खतराको संकेतले हामीलाई पनि आतंकित पारिरहेको कोरोना भाईरस संक्रमणलाई आउँदा दिनहरुमा के–कसरी हाम्रो समाजलाई सुरक्षित राख्न सकिन्छ ? यस सम्बन्धमा नेपाल सरकारको संघीय ब्यबस्था, प्रादेशिक ब्यबस्था, स्थानीय सरकारको भाबी ब्यबस्थामा अब दिनप्रतिदिन संक्रमितको संख्या बढी रहेको छ । र यसैको संक्रमणले मृत्यु हुनेहरुको संख्या पनि कमी छैन । यसबाट आम नेपाली जनतालाई बचाउन र संक्रमण फैलिन रोक्ने र संक्रमितहरुलाई आवश्यक उपचार सबैभन्दा महत्वको बिषय बनेको छ ।
हाम्रो देशमा कलकारखाना, उद्योगहरुको कमीको कारण आफ्ना नेपाली दाजुभाइहरु श्रमको लागि विदेशिन बाध्य छन्् र नेपाल आफैमा घर निर्भर हुन नसकेर परनिर्भरताले चल्न बाध्य भएको कारण आज नेपाली युवायुवतीहरुको ठूलो संख्या भारतको बिभिन्न क्षेत्रमा रोजगारीको लागि गएका नेपाली आजको कोरोना भाइरसको संक्रमणको कारण आफ्नो मातृभूमि नेपालको आफ्नै गाउँ ठाउँमा फर्किने क्रमसँगै यस कार्यलाई सहीरुपमा ब्यबस्थापन गर्न ढिला भयो वा, बुद्धि पुराइएन भने अझ जटिल र महामारीको बृद्धि हुन सक्ने कुरालाई हामी नकार्न सकिने अवस्थामा छैनौं । भारतमा श्रमको लागि गएका नेपाली नागरिकहरुलाई अब हामीले उनीहरुलाई सुरक्षितरुपले आ–आफ्नो जिल्लाको सम्बन्धित स्थानीय सरकारको गाउँपालिका र वडापालिकामा स्थापना गरिएका क्वारेन्टाइनमा ल्याउनको लागि सम्बन्धित स्थानीय प्रशासन र स्थानीय सरकारको अहम् भूमिमा रहँदै आएको छ र कोरना भाइरस नफैलिनको लागि आम नागरिकहरुले बुझने सरल भाषामा कडाइँका साथ जानकारी गराउनु सबै पक्षको जिम्मेवारी हो भन्न भुल्नु हुँदैन ।
भारतको र नेपालको बीचको सीमा क्षेत्रमा प्रवेश गरी नेपाल आउने मुख्य–मुख्य नाका मात्र होइन आज बिभिन्न बहानामा लुकी–छिपी नेपाल प्रवेश गर्ने प्रायः भारतीय नागरिकहरुको संख्या पनी कमी छैन । सीमा क्षेत्रमा स्थापना गरिएका क्वारेन्टाइनहरुमा त्यही पिसिआर परीक्षण गरी संक्रमित र संक्रमित नभएका अलग–अलग गरी भित्र्याउने कुरालाई खासै महत्व दिएको पाइँदैन । त्यसैकारण यो संक्रमणको कारण सबैले अझै खासै महत्व दिएको छैन कि भन्ने अवस्था श्रृजना हुनसक्छ ।
अब भारतबाट नेपाल भित्रने नेपाली नागरिकहरुको क्वारेन्टाइनमा राख्ने र उपचार गरी घर पठाउने ब्यबस्थामा अली क्वारेन्टाइनको अभाव हो वा त्यसको उचित व्यवस्थापन गर्नमा कहीँ कहीँ राख्ने स्थानको छनोट हुनमा गलत भएको पनि हुनसक्छ । स्थानीय गापा, नपा, उपमहानगरपालिकाभित्र रहेका सरकारी तथा निजी भबन प्रयोग गर्दा त्यहाँका छिमेकीहरुलाई असर नपर्ने स्थानको छनोट गर्नुपर्ने हुन्छ । जहाँ बाक्लो बस्ती, बजार, धेरै मानिसहरुको आगमन भइरहने स्थानमा त्यहाँका स्थानीय बजार प्रयोगकर्ता मात्र नभएर घरसँग घर सटेको स्थानमा क्वारेन्टाइन राख्दा अन्यको सुरक्षामा समेत खतरा हुन सक्छ । सकभर एकान्त स्थानको खोजी गरी ब्यबस्थापन गर्न उचित होला । र क्वारेन्टाइनको ब्यबस्थापन गर्दा सरकारले तोकेको मापदण्डअनुसारको हुनु जरुरी छ । जस्तै पालना गर्नुपर्ने बुँदा नं. १ देखि बुँदा नं. ९ सम्मको नियम पालना गर्ने र उक्त क्वारेन्टाइनको ब्यबस्थापन र उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले आ–आफूलाई तोकेको कामप्रति कर्तब्यनिष्ट रहने र उक्त क्वारेन्टाइनमा खटाइएका कर्मचारीहरुको सुरक्षाका लागि सरकारले उचित मूल्यांकनको आधारमा उनीहरुलाई सहुलियत मात्र नभएर मान–सम्मान र पुरस्कारसमेतको ब्यबस्थापन हुन आवश्यक छ ।
यो कोरोना भाईरस संक्रमण रोगको बारेमा आजसम्म कुनै आधिकारिक प्रमाणित भएको उपचारको लागि खोप, औषधि निर्माण भएको आधिकारिक तथ्य फेला परेको छैन । र आम नागरिकहरुले अझै खासै सजगता अपनाएको जस्तो पनि केही पक्षको धारण आएको पाइँदैन । खाली आफ्नो हिजोको पेशा धरापमा प¥यो भन्ने चिन्ताको चिताले जलाएको मात्र महसुस गरेको पाइन्छ भने केहीले अब के हुने हो ? कसरी चल्ने हो ? यो संक्रमणले समायो भने कसरी ठीक होला ? जस्ता जिज्ञासाको प्रशस्तै ब्यापकता छ । तर हामी खाली डराएर मात्र हुँदैन यसको उचित ब्यबस्थापनको खोजी गर्न जरुरी छ । तर आजको पुस्ताले हिजोको संस्कार र संस्कृतिको विश्वास गर्न छाडेका छन् । त्यसलाई उजागर गराउँदै हिजोको पुस्ताको कमी कमजोरीलाई हटाएर राम्रा गुन ज्ञानका बिषयलाई अंगाल्दै हामी आफ्नो घरआँगनमा भएका महत्वपूर्ण जडिबुटीहरुको खोजी गरौं हाम्रा अग्रजहरुसँग सिकौ र यो संक्रमणलाई लाग्नै नदिनको लागि हाम्रा बौदिक, संस्कृतबिद बिज्ञहरुसँगको परामर्श लिँदै हाम्रो आफ्नै देशको ताजा जडिबुटीको दैनिक प्रयोगबाट नै हामी सुरक्षित रहन सक्ने आँट हामीमा हुनु जरुरी छ । हाम्रो देशको उत्तराखण्डको हिमश्रृंखलाहरुमा पाइने विभिन्न प्रकारका जडिबुटी हिमालका पहराबाट निस्कने सिलाजितजस्ता अचुक अमृत रसहरुको खानी रहेको देशमा हामी अब आफै आफ्नै सम्पदाको प्रयोगबाट सुरक्षित रहन सक्छौं ।
अब कोरोनाको आक्रमणबाट जोगिन के गर्नुपर्ने के–के नगर्ने भन्ने बिषयमा विभिन्न सञ्चार माध्यममार्फत दैनिक रुपमा प्रचार–प्रसार हुँदै आएका बिषय बस्तुको बारेमा र सरकारले दैनिक रुपमा दिएको जानकारीलाई आत्मसात् गर्दै आफ्नो घर आँगन, आफ्नो टोल, एरिया, बिद्यालयसँग जोडिएको बस्तीका नागरिकहरुले पहिला सरसफाईको बारेमा बढी ध्यान दिऊ र आफू र आफ्ना छिमेकीहरुलाई आफूले बुझेको बारेमा बुझाउने कोशिष गरौं र आफू, आफ्नो छिमेक र समाज सबैलाई कोरोना भाइरसको बारेमा जे–जति बुझनुभएको छ त्यत्तिमात्र भए पनि आफ्नो समाजलाई सचेत गराउनु हाम्रो कर्तब्य हुनेछ भन्ने हामी सबैको आकांक्षा रहेको हुन्छ ।