दाङ । रोटरी इन्टरनेशलन डिस्ट्रिक–३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले रोटरीले सेवामुलक कार्यमा विशेष जोड दिनुपर्ने बताएका छन् । यसको लागि पहिला क्लव बलियो हुनुपर्ने र नियमित रुपमा सदस्य थप गर्दै लग्नुपर्नेमा उनको जोड थियो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देवबहादुर केसीको अध्यक्षतामा भएको भर्चुअल क्लव भिजिट कार्यक्रममा बोल्दै गभर्नर श्रेष्ठले क्लवले गरेका सम्पूर्ण गतिविधिहरु उल्लेखनीय रहेको र विशेष गरी कोरोना भाइरस (कोभिड–१९) को अहिलेको उच्च संक्रमणका बेला पनि अग्रपंक्तिमा अहोरात्र खटेर क्लवले गरेको सामाजिक कार्य र मानवीय सेवाको खुलेर प्रशंसा गरे । उनले अहिलेको विषम परिस्तिथिमा स्थानीय आवश्यकताबोध गरेर साझेदारीमा कुनै प्रस्ताव आएमा डिस्ट्रिकको तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि आफू तयार रहेको बताए ।
कार्यक्रममा डिस्ट्रिक गभर्नर नोमोनी सन्तोष रिजाल, असिष्टेन्ट गभर्नर प्रकाश भट्ट, डिस्ट्रिक सेक्रेटरी राजेन्द्र दाहाल, डिस्ट्रिक एडिसनल सेक्रेटरी इश्वरीप्रसाद ढकाल लगायतले आ–आफ्नो विचार राखेका थिए । साथै क्लवले गरेका विभिन्न गतिविधिहरुको प्रतिवेदन क्लवका पूर्व अध्यक्ष बिमल रिजाल, उपाध्यक्ष विनिल केसी, कोषाध्यक्ष देवेन्द्र केसी, सर्विस प्रोजेक्ट चेयर राजिव वली र रोटरियन रुपेश शर्माले प्रस्तुत गरेका थिए ।
सचिव सन्दीपन रिजालले सहजीकरण गरेको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, भावी अध्यक्ष सुरेश हमाल, पूर्व अध्यक्ष अनुपकुमार श्रेष्ठ, कुशल तर्ताल, विजय केसी, ललितबहादुर घर्ती, तुफानबाबु श्रेष्ठ र उपाध्यक्ष यज्ञबहादुर केसीलगायतको सहभागिता थियो ।