संक्रमितको संख्या ४८७

काठमाडौं ९ जेठ। शुक्रबार विहानसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार बिहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको हो ।