सामुदायिक विद्यालयको शैक्षिक सुधार परिणाममुखी हुनुपर्नेमा जोड

तुलसीपुर,११ मंसिर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारगरि परिणाम मुखि नतिजा ल्याउन तर्फ लाग्नुपर्ने बताएको छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजनामा गुरुजजुर माविमा शुक्रवार भएको तुलसीपुर उपमहानगरपालिका भित्रका प्रधानाध्यापकहरुको बैठकमा बोल्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उठान र परिणाम मुखि नतिजाका लागि सवै प्रधानाध्यपकहरु इमान्दारीपूर्वक लाग्न आग्रह गरे ।

‘शिक्षामा सुधार ल्याउन हामीहरुले विभिन्न सहयोग दिने गरेका छौ भौतिक देखि अन्य सुधारका योजनाहरुमा पालिकाको सहयोग हुन्छ – खड्काले भने ।’ उनले प्रधानाध्यापकहरुलाई नियमितता र जवाफदेहिताः न्यूनतम पठनपाठन दिन पूरा गर्ने, समय तालिका नियमित बनाउने र नतिजाप्रति जवाफदेही हुनपनि आग्रह गरे । त्यस्तै खड्काले तुलसीपुर क्षेत्रका सवै विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन देखि सवैले सामाजिक परिक्षण अनिवार्य गराउन पनि निर्देशन दिए । ‘अव सामाजिक परिक्षण र व्यवस्थापन समिति गठन जसले गदैन त्यो विद्यालयलाई हामीहरुले विशेष रुपले हेर्नेछौ यसको तत्काल सुरुवात गर्नुहोस – खड्काले भने ।

त्यस्तै उनले सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन भौतिक सुधार, बसको भाडा देखि विभिन्न प्रविधिको लागि सहयोग पालिकाले गर्ने बताए । उनले विद्यालय र शिक्षण पेसालाई दलीय स्वार्थभन्दा माथि राख्न पनि आग्रह गरे । ‘तपाईहरु पार्टिको निर्वाचन गराउन तथा पार्टिको झोला बाक्न छोडनुहोस विद्यालय सुधारका लागि इमान्दारीका साथ लाग्नुहोस टे«डयूनियनमा लाग्ने अधिकार छ– उनले भने ।’ त्यस्तै नगर प्रमुख खड्काले तुलसीपुर उपमहानगरपालिकामा २५ जना निरीक्षक राखेर विभिन्न विद्यालयको अवलोकन गरेको भन्दै राम्रो गर्नेलाई प्रोत्साहन गर्ने पनि बताए । उनले सामुदायिक विद्यालय सुधारका लागि परिक्षा प्राणाली समेत सुधार गर्न आग्रह गरे ।

‘चिट चोरेर पास गराउने काम सवैले बन्द गर्नुहोस शिक्षामा त्यो राम्रो काम होइन विरोजगारलाई रोजगार दिने नाममा शिक्षकहरुको पनि छनोट नगर्नुहोस – खड्काले भने । त्यस्तै महेन्द्र माविका पूर्व प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले सामुदायिक विद्यालयका शिक्षकहरुले इमान्दारीका साथ काम गरेमा शैक्षिक सुधार हुने बताए । उनले निजी विद्यालयमा पढाउने शिक्षकहरुले जस्तै सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले पनि इमान्दारीताका साथ पढाउनुपर्ने बताए । ‘सुन्दा भन्दा नराम्रो लाग्न सक्छ हामीहरुले छलछाम गर्ने गरेका छौ त्यो नगरेर सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागेपकै सुधार हुन्छ – उनले भने ।’ आचार्यले कामको मुल्याङकनका लागि निरीक्षकहरु राख्न आफुले पहिले सुझाव दिदै आएको समेत बताए ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख चक्र बहादुर भण्डारीको अध्यक्षता तथा नगरप्रमुख खड्काको प्रमुख आतित्यमा भएको बैठकमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र शिवाकोटीले शैक्षिक सुधारका विषयमा विभिन्न कुराहरु राखेका थिए भने बैठकमा आर्थिक बर्ष २०८३को चौमासिक समिक्षाका साथै विभिन्न आगामी शैक्षिक कार्यक्रममा विषय विभिन्न निर्णयहरु भएका छन् ।

बैठकमा शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी,बरिष्ठ शिक्षा अधिकृत मनबहादुर खड्काले आगामी कार्यक्रम शिक्षाको सुधारका योजनाहरु प्रस्तुत गरेका थिए भने चौमासीक गतिविधिको विषयमा सहायक शिक्षा अधिकृत राममणि बस्नेतले प्रकाश पारेका थिए । शिक्षा तर्फ कुल विनियोजित बजेटको २५।५७ प्रतिसत प्रगति प्रस्तुत गरिएको थियो ।

त्यस्तै नेपालको विद्यालय शिक्षा प्रणालीमा २२० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा २०५ दिन पठनपाठन हुनुपर्ने कानूनी तथा नीतिगत व्यवस्था रहेतापनि विभिन्न विदाका कारण त्यो कार्यान्वयन हुन नसकेको विषयमा छलफल भएको थियो । बैठकले शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रमका विषयमा शुक्रवार सनिवार र आईतवार नजिकको गन्तव्यमा छोटो समयका लागि गर्ने, विद्यालय व्यवस्थापन समितिको गठन तत्काल सवै विद्यालयमा ७ सदस्यी गर्र्ने, सवै विद्यालयमा विद्युतीय हाजिरी तत्काल लागुगरि त्यसको विवरण नगरपालिकामा पठाउने सिकाई मेला तथा राष्ट्रिय रनिङशिल प्रतियोगिता सञ्चालनका गर्ने विभिन्न १५ वटा मातृ विद्यालयहरु कायम गरि त्यसको प्रशासनिक सञ्चालन मातृ विद्यालयबाट गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख भण्डारीले जानकारी दिए ।