दाङ, ७ मंसिर । घोराहीमा हुन थालेको ‘त्रिभुवननगर जेसीज हाफ म्याराथन–२०२६’ लाई सफल बनाउन दाङ ड्रिम प्रपर्टीले दुई सय थान जर्सी सहयोग गर्ने भएको छ ।
यहि मंसिर १९ गते घोराहीमा हुन थालेको प्रतियोगितामा सहभागी खेलाडीका लागि आवश्यक पर्ने जर्सी उपलब्ध गराउने विषयमा त्रिभुवननगर जेसीज र दाङ ड्रिम प्रपर्टीबीच सहमति भएको हो । प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल बनाउन दाङ ड्रिम प्रपर्टीले गरेको सहयोगले खेलाडीको उत्साह बढाउनुका साथै खेलकुद प्रवद्र्धनमा समेत योगदान पुग्ने आयोजक त्रिभुवननगर जेसीजका अध्यक्ष मिनराज भाटले बताए ।
जेसीजले गर्न थालेको प्रतियोगिताले खेलकुदसँगै पर्यटन प्रवद्र्धनका लागि सहयोग पु¥याउनले जर्सी सहयोग गर्न थालेको दाङ ड्रिम प्रपर्टीका सञ्चालक शेखर क्षेत्रीले बताएका छन् । ‘रन फर एक्सन, लिड फर चेन्ज’ अर्थात् ‘कार्यका लागि दौड, परिवर्तनका लागि नेतृत्व’ भन्ने नारासहित आयोजना हुन लागेको जेसीज हाफ म्याराथनको तयारीलाई तीव्रता दिएको छ । प्रतियोगितालाई सफल बनाउन प्रचारप्रसार, व्यवस्थापन तथा सहयोग संकलनका कामलाई तीव्र पारिएको अध्यक्ष भाटले बताए ।
उनका अनुसार प्रतियोगिताको रुट निर्धारणको काम भइरहेको छ । छिट्टै रुट सार्वजनिक गरिनेछ । स्वास्थ्य, खेलकुद र सामाजिक परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा महिला, पुरुष तथा बालबालिकाको सहभागिता रहनेछ । यस वर्ष जेसीज हाफ म्याराथनको पुरस्कार राशि समेत वृद्धि गरिएको छ ।
पुरुषतर्फको विजेताले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिलातर्फको विजेताले २६ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुषका लागि २१ किलोमिटर र महिलाका लागि १० किलोमिटर दूरी निर्धारण गरिएको छ । गत वर्ष महिला तथा पुरुषतर्फका विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।