सूचनाको साम्राज्य र त्यसमा हाम्रो पहुँच

केपी सुवेदी

मानिस परिवर्तनको पारखी हुन्छ । यथास्थितिमा सन्तुष्ट रहने भए यो समाज पाषाणयुगबाट बदलिएर यहाँसम्म आउने नै थिएन । अझ यहाँभन्दा पनि त्यहाँ चीन, जापान, अस्ट्रेलिया, युरोप अनि अमेरिका सबै परिवर्तनका उदाहरण बनेका जति, त्यस्तै परिवर्तनका पारखीहरुद्वारा निर्मितहुन् ।

विज्ञानको उच्चतम प्रयोगद्वारा गरिएका आविष्कार र इन्टरनेटको विश्वव्यापीकरण मान्छेको अभिन्न अङ्ग झै बनाउन उनीहरुले गरेको चमत्कारिक आविष्कारले खगोलिए अध्यायन गर्दै सौर्य मण्डलको नजिकसम्म पुग्दै गर्दा हामी र उनीहरु बिचको फरकलाई कसरी तुलना गर्ने ? तर उनीहरुले विकास गरेका मानव कल्याणका संशोधन हाम्रा जीवनका अत्यावश्कताभित्र समेटिएर उपभोग गर्न बाध्यकारी बनेको छ । कतिपय अवस्थामा हामीले उपहारमा प्राप्त गरेका साधन सदुपयोग कसरी गर्ने भन्ने सही ज्ञानको विकास गर्न पनि हामी समर्थ छैनौँ ।

मान्छे–मान्छेमा भएको विभेदलाई हामी नस्वीकारिरहन सक्दैनौ । ती ध्रुत गतिमा अगाडि छलाङ्ग लगाउनेसँग सँगसँगै हिड्ने सामथ्र्य नराख्नेले आफू जहाँ जस्तो अवस्थामा छ, त्यही स्वीकार्नुको विकल्प छैन । अर्काले बनाएर ठिक्क पारेका उपकरण चलाएर त्यसबाट प्राप्त हुने सुखभोग गर्ने ढङ्ग हामीसँग छैन भने त्यो ज्ञानलाई कुनै मूल्यमा किनेर ल्याउन सकिन्न । देखासिकी गर्नुको पनि हद हुन्छ । अनिवार्य आवश्यकता पूर्तिका लागि अरुबाट सिक्न सकिने धेरै कुरा हुनसक्छन् तर उसको ज्ञानबाट क्षमता र परिश्र्नमद्वारा सिर्जना हुने भौतिक साधन र सुविधाप्रति इष्र्या भाव प्रकट गर्नु असभ्यता दर्साउँंछ । यस्तै असभ्यतालाई प्रयोग गरेर अथवा भजाएर मनोरञ्जन गर्ने, राजनीतिक स्वार्थ पूरा हुने सपना देख्ने मानिसको आजभोलि भिड अलि बाक्लिएको छ ।

सूचना र प्रविधिको विकासले त्यस्तो भिडलाई उत्तेजित पार्न उद्धत रहने तत्वलाई दुरुत्साहन गरेको प्रशस्तै देख्न सकिन्छ । सूचना बेच्नेको आचारसंहिता हुनु पर्ने हो तर त्यहाँ कुनै पनि संहिताको प्रयोग भएको देखिँदैन । किन हो कुन्नी त्यो व्यापारी एकोहोरो भएर कसैलाई उचाल्ने र कसैलाई पछार्ने गरिरहन्छ । त्यसको परिणाम जतिसुकै नराम्रो भए पनि त्यसको जवाफ उसले कहिल्यै दिनु पर्दैन । अरुलाई जवाफदेही बनाउने उ एक मात्र ठेकेदार हो भन्ने ठान्छ ।

नागरिकलाई अनागरिक बनाएको कुरा जवरजस्त रुपमा उठाइएको छ । नागरिकता बेचेर देश छोड्नेहरुको चर्चा गर्न आवश्यक ठानेको देखिँदैन । सूचनाको पहुँच सबैतिर पुगेपछि सबै मानिस आफ्नो परिवेश र आफ्नो औकातको विषयमा अनविज्ञ रहँदैन तर आफ्नो औकात नस्वीकार्ने तर अरुलाई औकातमा रहन सुझाव दिने कोहीभन्दा कोही कम हुन्न । सूचनामा सत्यताको अंश थोरै र भ्रम र तथ्यहीनता अधिक हुने गरी प्रवाह हुन थालेपछि सामाजिक सद्भाव विथोलिन सक्छ ।

सूचनाको विकासले विकृति र समाजमा लुकेका अपराधजन्य क्रियाकलापको उजागर गर्न ठूलो योगदान पु¥याएको छ । जुन सूचना प्रविधिको अपरिहार्यता पुष्टि गर्छ । यसको सुन्दरपक्ष ओझेल पर्ने गरी प्रवाह नगर्ने एउटा संहिताको आवश्यकता खड्केकै छ तर आफ्नो हितमा आउँदा यसको महत्वपूर्ण योगदान रहेको बखान गर्ने र गल्ती लुकाउन नपाउँदा त्यसको अपरिहार्यता देखिन सहने प्रवृत्तिले सञ्चारका माध्यम दूषित भएका छन् । इन्टरनेटको पहुँच सबैसँग छ । मिथ्य समाचार सम्प्रेषण गर्नु अपराध हो तर सही सूचनाले ठूलो दुर्घनाबाट जोगाउन सक्छ ।

निमेषभरमा परिणाम दिने कयौँ प्रवृत्ति हाम्रै वरिपरि घुमिरहँदा हाम्रो अनविज्ञातलाई झकझकाएर ब्यूझाउँने तत्व पनि हामीसँगै छ । त्यसैले सत्यको वकालत गर्न प्रयोग गर्ने ज्ञानको कमी भएका कारण हामी अरुभन्दा पछाडि परेका हुन सक्छौँ भनेर आत्मसमीक्षा गर्न सिक्यौ भने सही मार्गदर्शन प्राप्त गर्न सकिन्छ । आफूले गर्न सकिने जति गर्न प्रयासै नगरी भाग्यवादको भरोसामा भौतारिनु बुद्धिमानी हुनै सक्दैन ।

फेरि पनि पुरानै प्रसंगमा जाऔँ, मानिसले गर्नसक्ने कुरा कति रहेछन् त्यो हिसाब गर्ने ल्याकत पनि हामी राख्न सक्दैनौँ । त्यसको सानो अंश पनि अनजानमा अनुकरण गर्न खोज्नुलाई अन्धानुकरण भनिन्छ । त्यसरी अन्धानुकरण र अन्धविश्वास उस्तै–उस्तै कुरा हुन् तर फरक कति हो भने विश्वास निस्क्रिय हुन्छ भने अनुकरण सक्रिय हुन्छ । अहिले सामाजिक सञ्जालको भरमा परेर त्यसबाट ल्याइएको सानो अंशलाई आधार बनाएर कुनै घटना वा पात्रको अन्धानुयायी हुन खोज्यो भने परिणाम जे पनि हुनसक्छ ।

त्यसैका भरमा यहाँ केही हुँदैन भनेर विदेशीनेको दुर्दशा बनेको हरेक दिन देख्न पर्नु दुःखदायी छ । कहाँ कति बेला के हुन्छ, कसैलाई भविष्यवाणी हुँदैन । दिनदिनै नेपाली नागरिकले विदेशमा अपमानित हुन परेका समाचारले अत्याएका हामीले व्यहोरेको तितो अनुभव छ । त्यसको बदलामा हामीले पाउने मानसिक वा भौतिक क्षति मात्र हो । सूचनाको अन्तरवस्तुबारे राम्रो ज्ञान राखेर त्यसको वास्तविक पहुँचमा हुने आफ्नोहरुको सुनिश्चितता पहिचान गरेर धारणा बनाउन सिकौँ ।

आफ्नै मातृभूमि सबैलाई सबैभन्दा सुरक्षित छ भन्ने विश्वास दृढ विश्वास हो । देशभक्ति मर्न हुन्न चुत्थै देश भए पनि । किनभने जान त मानिस चन्द्रलोक गइसके तर हामी पहिले आफ्नो क्षमतामा आत्मनिर्भरता खोजी गरौँ । सूचना प्रविधिको विकाससँगै मानव चेतनामा क्रान्तिकारी चिन्तनको उभार आएको छ, तर त्यसलाई मानवीय संशोधन बनाएर जीवनपयोगी कसरी बनाउने र आत्मनिर्भर अर्थसामाजिक संस्कृति कसरी निर्माण गर्ने त्यतातिर जान ढिलो भयो भने ऐल्गोरिद्मको साम्राज्यका निरिह रैतिको अवस्थामा हामीलाई पु¥याउन सक्छ ।

सूचनाको सर्वशुलभ पहुँचको प्रचलित स्रोत सामाजिक सञ्जाल हो, यसको अहिले कै गतिमा दुरुपयोग भइरह्यो भने साईवर अपराधले निम्त्याउने अराजकताले सरकारलाई, राज्यलाई पनि घुँडा टेकाउन सक्छ । जुन कुरा घटना क्रमले पुष्टि गरेका पनि छन् । मानिसलाई अधैर्य, अराजक, अराष्ट्रिीय बनाउँन सामाजिक सञ्जाल प्रमुख कारक बनेको छ । सार्वजनिक सूचनाका वैधानिक स्रोतहरुलाई नियन्त्रण गरेर सामाजिक सञ्जाललाई दुरुपयोग भएको राज्यले पनि मुकदर्शक बनेर हेरेको छ । किनभने यो सरकारको संस्थापक ऐल्गोरिद्म हो ।