सुभाष न्यौपाने
एक कुम्भ मेला हो कांग्रेस महाधिवेशन ।
हजारौँ तीर्थयात्री छन् कुम्भ खातिर ।।
कोही रामकण्ड रोज्छन् कोही सिता कुण्ड रे ।।
आफ्नो विश्वासतिर तीर्थयात्री पुग्दछन् अरे ।।
कोही हाँसी खुसी छन् स्नान गरी फर्कने ।
कोही छन् त्यसमा पनि अनुहार मलिन देखिने ।।
नेपाली कांग्रेसले विशेष महाधिवेशन पश्चात पन्ध्रौँ महाधिवेशन सम्पन्न गरिसकेको छ । पन्ध्रौँ महाधिवेशनप्रति नेपाली जनताको चासो पनि त्यतिकै रहेको छ । हजाराँै नागरिकको उद्घाटन सत्रमा खुल्ला मन्चमा उपस्थिति रह्यो, कति नागरिकमा चासो र उत्साह पनि त्यत्तिकै थियो, बदलियो कांग्रेस कसरी महाधिवेशनमा उपस्थित हुन्छ । महाधिवेशन अवधिभर आम नेपाली जनता र नेपाली जनता र नेपाली सञ्चार माध्यमहरु कांग्रेस केन्द्रित नै रहे । कांग्रेसप्रति आफ्नो दृष्टि राख्ने धेरैजसो नागरिक र सञ्चार माध्यमहरुको चाहना थिए ।
नेपाली कांग्रेसको महाधिवेशन शिष्ठ र सौहार्दतापूर्वक अनुशासित तरिकाले सम्पन्न भएको हेर्न चाहन्थे भने कतिले कांग्रेसले कसरी गर्छ । के गर्छ भनेर त्यसको अध्ययन गर्न चाहन्थे भने थोरैले मात्र कांग्रेसको बारेमा नकारात्मक टिप्पणी गर्न पाइन्छ । कसरी नकारात्मक समाचार लेख्न पाइन्छ भन्नेतर्फ चासो राखेको पाइयो । असोज अठार गते रत्नपार्कको खुला मन्चमा सुरु भएको उद्घाटन सत्र उन्नाइस गतेबाट भृकुटी मण्डपको बन्द सत्रमा परिणत भएपछि पन्ध्रौँ महाधिवेशनमा निर्वाचनको सरगर्मी चढ्यो । विधानले भने अनुसार महाधिवेशनमा उपस्थित सबै प्रतिनिधिहरु उम्मेदवार बन्न पाउने प्रावधान भए तापनि सबैजना उम्मेदवार त बन्दैनन् नि ।
हजारौँ प्रतिनिधि उपस्थित भएको सभामा सबैजनाको एउटै मत खोज्नु रहन्छ भन्नु र आशा गर्नु त्यो पनि व्यर्थ हो । तीनजनाको उपस्थितिमा त दुई र एकको मत विभाजन हुन्छ, त्यसमा पनि सात हजार माथि त्यसमा पनि नेपाली कांग्रेस क्याडर बेस पार्टी नभएर मास पार्टी हो । यसका सबै गतिविधि खुला हुन्छन् र हुनुपर्छ । पार्टी निर्वाचनमा खर्बपति विनोद चौधरीदेखि अन्य पार्टी नेताहरु चन्द्र भण्डारी, सुनिल शर्मा तथा महालक्ष्मी उपाध्यक्ष (डिना) लगायतका नेता कार्यकर्ताहरु चुनावी मैदानमा उत्रिए । चन्द्र र विनोदले जिते, डिना र सुनिलले पराजयको सामना गरे । चौधौँ महाधिवेशनबाट विशेष हुँदै पन्ध्रौँ महाधिवेशनसम्म पुग्दा सुनिल लोकप्रिय सभासद तथा जनआकर्षण पाएका स्वास्थ्य व्यवसायी पनि हुन् । उनले असहाय र अशक्तहरुको तथा गरिब निमुखाहरुको निःशुल्कउपचार गरेको एथेष्ट प्रमाणहरु छन् ।
महालक्ष्मी उपाध्यक्ष पनि नेपाली कांग्रेसको राजनीतिमा महिला नेतृत्वमा अग्रपंक्तिको महिला हुन् तर उनले विजय हासिल गर्न सकेनन् के भन्ने ? उम्मेदवार बनेकाहरु सबैले जित्नुपर्छ भन्ने मान्यताका साथ आफूलाई उम्मेदवारको रुपमा उभ्याएका हुन्छन् । यदि हार्ने माति अन्याय भयो भनेर भनौ भने बहुमत ल्याएर विजय प्राप्त गर्ने माथि अन्याय हुन्छ । निर्वाचन जनमतमा आधारित हुन्छ, मतदाताको आफ्नो रोजाइ हुन्छ । आजको युगमा विचार बिनाको नत मतदाता छन् नत उम्मेदवार नै के गगन थापाको आफ्नो निजी विचार हुन्न । विश्वप्रकशको आफ्नो निजी विचार हुन्न ?
शेरबहादुर देउवा समर्थक चुनदेवि कांग्रेसलाई हेर्नुस्, सबैले शेरबहादुरको आर्शिवाद खोजिरहेका छन् । के शेरबहादुरको आफ्नो धारणा छैन । आफू फेरि सभापतिको उम्मेदवार नबने पनि उनको आशयत पक्कै कसैप्रति त छनि । हजारौँ मतदाता भएको नेपाली कांग्रेसको खुला निर्वाचन प्रणालीमा समूह बन्दैन र बन्नु हुँदैन भनेर निर्वाचन लड्ने व्यक्तिहरु नै उस्तै हुन् । उनीहरुले निर्वाचन नबुझेका हुन् । निर्वाचनमा गोविन्द भट्टाराईले होर, गुरु घिमिरेले होर यस विषयमा आम कार्यकर्ताहरुले दुःख व्यक्त गरेका छन् । निर्वाचन भनेको जित्न कै लागि सहभागी हुने क्षेत्र भएकोले जित्नेलाई दोष लगाउनु उपयुक्त हुँदैन । यदि फलानोले यसरी चुनाव जित्यो भेर टिप्पणी गर्ने उम्मेदवारले आफूले किन त्यो हतकण्डा अपनाउन सकेनन् ।
केन्द्रीय नेतृत्वले पनि फरक–फरक तहका प्रतिनिधिहरुमा पराजित व्यक्तिहरुलाई पुनः प्रतिनिधि चयन गर्ने काम केन्द्रले गरेको छ । यस विषयमा अधिकांश कार्यकर्ताको आपत्ति छ । यसमा जिल्ला क्षेत्रले कसरी सिफारिस गर्छ र केन्द्रले मनोनयन गर्छ ? नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन वाह पार्टीको वरिष्ठ उपसभापति तथा महिला उपसभापति पदमा क्रमश विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निविरोध निर्वाचित भइसकेका थिए भने सभापति लगायत बाँकी उपसभापति महामन्त्री तथा सहमहामन्त्री एवम् केन्द्रीय सदस्यहरु निर्वाचनबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको उद्घाटन सत्रमा बाहिरबाट देख्दा निकै तामझाम देखिए तापनि त्यो आवश्यक पूर्वाधार थियो ।
प्रतिकुल मौसमका कारण नेपाली कांग्रेसले आफ्नो महाधिवेशन स्थलमा उपस्थित पाहुना तथा प्रतिनिधिहरुलाई असुविधा नहवस् । अर्थात् वर्षा एवम् हावाहुरीले असर गर्न नसकोस् भन्ने आसयका साथ निर्माण गरिएको मञ्च तथा मैदान मात्र थियो । त्यो स्वभाविक तथा आवश्यक पनि थियो । उपस्थित प्रतिनिधि तथा आमन्त्रित पाहुनाहरुको कार्यक्रम स्थलको सुरक्षा सबै प्रकारको उपलब्ध गराउनु आयोजकको कर्तव्य पनि हो । उद्घाटन समारोहदेखि बन्द सत्र हुँदै निर्वाचन सम्पन्नतासम्मको सुरक्षालाई हरेक महाधिवेशनमा विशेष सतर्कता अपनाउनु आयोजकको प्रथम कार्यसूचीमा पर्नुपर्छ । सोही अनुसार नेपाली कांग्रेसले पनि आफ्नो पन्ध्रौँ महाधिवेशनको कार्यविधि अगाडि बढाएको हो । पहिलो कुरा नेपाली कांग्रेस भन्ने वित्तिकै निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिइसकेको अर्थात् स्वीकारेको गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेस भन्ने बुझिन्छ ।
गत असोज बाइस गते सम्पन्न पन्ध्रौँ महाधिवेशनको निर्वाचनमार्फत् विजय भएका पार्टीका वरिष्ठ उपसभापति लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई पार्टी सभापति गगनकुमार थापाले हिजो विहिबर नै पार्टीको विधानअनुसार सपथ ग्रहण गराइसकेका छन् । जो विभिन्न आरक्षण समूहबाट निर्वाचनमा सहभागी भइसकेका थिए । सबैले बुझ्नु पर्ने कुरा मान्छेमा मन हुन्छ, भावना हुन्छ र मस्तिष्क पनि हुन्छ । भावनात्मक रुपमा मान्छेको मनले गर्ने निर्णय निशब्द रहन्छ । जसको अति नै घनिष्ट मानिनेहरुले पनि थाहा पाउन सक्दैनन् । त्यही भावनाअनुसार मस्तिष्कले काम गरेको हुन्छ । यत्रो विशाल पार्टी हजारौँ मतमदाता छन् । साढे सात हजारभन्दा बढी महाधिवेशनमा सहभागी छन् । त्यसतो अवस्थामा पनि मत विभाजन हुँदैन । गुट उपगुट हुँदैन भनेर विश्वास गर्ने कस्ता उम्मेदवार हुन् । कस्ता तीनका निर्वाचन सहयोगी हुन् ?
उम्मेदवार स्वयम्ले बुझ्नुपर्छ एक सिटमा हामी कति प्रत्यासी छौँ भनेर । यो मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि होस् वा प्रजातन्त्र प्राप्त गरिसकेपछि होस् विकास र समृद्धिका लागि होस् सबै समयमा जनहितका लागि काम गर्ने र काम गर्नसक्ने राजनैतिक दल भनेकै नेपाली कांग्रेस हो । यस्तो देशमा कम्युनिष्ट भन्ने शब्दले राजनैतिक लोकप्रियता पाउनु भनेको विडम्बना हो । कम्युनिष्ट भनेको अधिनायकवाद हो । अधिनायकवादमा बहुलवाद हुँदैन । अधिनायकवादीहरु वर्ग, वर्ण र लिंगको कुरा गर्छन् । नेपालको संविधानले सबै जात, धर्म, वर्ण, लिंग सबैलाई समान अधिकार दिएको छ । यस विषयमा नेपाली कांग्रेस सजग रहनु जरुरी छ ।
नेपाली कांग्रेसको हरेक महाधिवेशन झ्वाट्ट हेर्दा कुम्भ मेला जस्तै देखिए पनि त्यसमा तात्विकता लुकेको हुन्छ । त्यसले कुनै न कुनै नयाँ सन्देश दिएको हुन्छ । नेपाली कांग्रेसले विधिवत रुपमा पन्ध्रौँ महाधिवेशन सम्पन्न भइसकेको अवस्थामा फेरि अर्को कांग्रेस शेरबहादुर देउवा समूहले मङ्सिर १६ गतेदेखि सञ्चालन गरिने पन्ध्रौँ महाधिवेशनलाई कतिसम्म वैध र सान्दर्भिक मान्ने ? यो विषय अब भने अलि गहकिलो पेचिल ो र सान्दर्भिक बन्दै गएको छ । जनताको मान्यता छ नेपाली कांग्रेसको पन्ध्राँै महाधिवेशन लोकतानित्रक सुदृढिकरणको अभ्यास पनि बन्नुपर्छ । जसका निमित्त संवाद र बहसको आवश्यकता पर्छ । पन्ध्रौँ महाधिवेशन पश्चात नेपाली कांग्रेस आफ्नो गुमेको साख फर्काउनतर्फ लाग्नु पहिलो आवश्यकता हो । यो चुनौतीपूर्ण पनि छ ।
एकत कम्युनिष्टहरुको सस्तो लोकप्रियताका कारण नेपाली कांग्रेस सधै नै चुनौतीमा छ, त्यसमा पनि नेपाली कांग्रेसभित्रको आपसी किचलोको कारण पनि नेपाली कांग्रेसले आफ्नो गन्तव्य निर्धारण गर्न असहज भइरहेको छ । नारा, बहसर र भाषण जतिसुकै फलाके पनि यथार्थलाई पहिचान गर्न सकिएन भने त्यो निरर्थक हुन्छ । नेपाली कांग्रेसले आफ्नो केही क्षय हुँदै गएको आफ्नो इतिहास फर्काउनु पनि त्यत्तिकै जरुरी छ । पन्ध्रौँ महाधिवेशनको सन्दर्भमा जसले जतिसुकै व्याख्या गरे पनि पन्ध्रौँ महाधिवेशन नेपालमा नेपाली कांग्रेसको लागि अन्यन्त महत्वपूर्ण अवसर हो । अब नेपाली कांग्रेसले लोकतन्त्र सुदृढिकरणको लागि कार्य गर्नु जरुरी छ । पन्ध्राँै महाधिवेशन जसलाई जे व्याख्या गरे पनि नेपालको लागि एउटा नयाँ आयामको सुरुवात र थालनी पनि हो । के शेरबहादुर देउवा र उनका पक्षधरहरुले शेरबहादुर देउवाका विरुद्धमा विशेष महाधिवेशन होला भनेर सम्झेका थिए होलान् ?
विशेष महाधिवेशन पश्चात पन्ध्रौँ महाधिवेशन यसरी राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा प्रसिद्धि प्राप्त गर्न सक्ला भन्ने सोचेका थिए होलान् ? शेरबहादुर देउवा पक्षधर एकोध केही चाटुकार बाहेक धेरैजसो सबैले विशेष महाधिवेशन र त्यसको प्रसिद्धिको बारेमा बुझिसकेका थिए । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनलाई जसले जसरी हेरे पनि नेपाली राजनीतिमा नेपाली जनताको दृष्टि कस्तो रह्यो भन्ने कुरा पनि प्रष्ट देखियो । नेपाली जनता लोकतन्त्रको पक्षमा छन् । राष्ट्रियताको पक्षमा छन् भन्ने पनि स्पष्ट पारेको देखियो । व्यक्ति कसैले कसैलाई आलोचना गर्नु र गुनगान गाउनु ती आफू आफ्ना धारणाका कुरा हुन् । तर, समग्र राष्ट्रबासीले चासो राख्नु भन्ने चाही त्यो राष्ट्रिय विषय हो । त्यसैले पन्ध्रौँ राष्ट्रिय महाधिवेशनलाई एउटा समूहले जति नै आलोचना तथा कटु टिप्पणी गरे तापनि नेपालको इतिहासमा विपी सुवर्ण पछिको पहिलो ऐतिहासिक महाधिवेशन सावित भएको छ । त्यसैले नेपाली जनताले बुझेअनुसार नेपाली कांग्रेसको पन्ध्राँै महाधिवेशन ऐतिहासिक महाधिवेशन हो । यसले देश र जनतालाई जोड्ने काम गर्नुपर्छ । नेपाली जनताक ो चाहना र काममा पनि त्यही छ ।