१५ औँ महाधिवेशनसँगै लाकतान्त्रिक अभ्यासमा कांग्रेस

सुभाष न्यौपाने

असोज अठारबाट सुरु भयो टुडिखेल खुलामञ्चमा ।
वैचारिक बहस चल्ने त्यो खुलारङ्ग मञ्चमा ।।
आय अतिथि कति कतिले पठाए शुभकामना ।
सबैले भनेका थिए लोकतन्त्र बनोस् जनभावना ।।
पुन बनोस् लोकतन्त्र समुन्नत नेपालको ।
मुद्दा उठाबस कांग्रेसले जनताका सर्वहितको ।।

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन असोज अठारबाट काठमाडौँको खुला मञ्चमा सुरु भयो । खुलामञ्चमा उपस्थित सबै अथितिहरुले आआफ्नो तर्फबाट शुभकामना व्यक्त गरे । कतिले सभापति गगन थापाको नेतृत्व र कार्यशैलीको प्रसंसा गरे । पार्टीको नेतृत्व तह हंैन स्थानीय तह बलियो हुनुपर्छ भन्दै कांग्रेस र देश बनाउनलाई उनन्तिस बुँदे प्रस्ताव सभामा पेस गर्दै पार्टी सभापति गगन थापाले भनेका छन् । कांग्रेस आफ्नै नेताहरुको चरित्रको कारणले कमजोर भएको हो ।

देश विकासको लागि तयार पार्नु पर्ने रणनीति समेत आफ्नो प्रतिवेदनमा पेस गरेका छन् । परम्परागत रुपमा फस्टाइरहेको नेतामुखी राजनीति र त्यसैले रमाउने कार्यकर्ताहरुको प्रवृतिलाई बदल्न अलि मेहनत त गर्नैपर्छ । माथिल्लो तहका नेताहरुको शक्तिलाई कमजोर हैन बनाउने हैन कि भुँई तहका कार्यकर्ताहरुले त्यस विषयमा बहस र छलफल गरी अनुमोदन गर्ने वा संशोधन गर्न सक्ने अधिकार सम्पन्न बनाउने प्रस्ताव पार्टी सभापति गगन थापाले सभा हलमा प्रस्तुत गर्दा कार्यकर्ता सामु खुसी र उर्जा थपिएको छ भने केन्द्रमा बसेर हालीमुहाली र रजाईँमा रमाउनेहरुमा भने पक्कै पनि कहीँ कतै चिसो पसेको हुनुपर्छ ।

वर्तमान अवस्थामा नेपालको पहिलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस भए पनि लोकतन्त्र र समुन्नतीको पुल बन्न भने नेपाली कांग्रेसलाई त्यति सजिलो छैन । लोकतन्त्र प्राप्तीभन्दा पहिले हरेक आन्दोलनको नेतृत्व गर्दै परिवर्तनको ढोका खोल्ने पार्टी नेपाली कांग्रेसले धेरै समयसम्म सरकार सञ्चालन र सत्ता सहकार्यको सहयात्री भएर अघि बढ्यो । जनअपेक्षा अनुसारको विकास, निर्माण र समृद्धिको संवाहक परिवर्तन बन्न नसकेको जनताको गुनासो छ । यस्ता गुनासा र विरोधहरुलाई चिरेर विश्वासको मुलधारमा ल्याउनु आजको पहिलो आवश्यकता पनि हो । आजको युगमा म बदलिएँ भन्दैमा मात्रै नागरिकले विश्वास मान्दैनन् ।

त्यसैले आँफू बदलिएको आभाष दिलाउनलाई कित समाज बदलेर देखाउनु प¥यो । कित समाज रुपान्तरण गर्न खाजेको समाजलाई महसुस गराउनु पर्छ । त्यसैले समाज रुपान्तरणको कुरा जति आवश्यक छ, त्यति भन्न पनि सजिलो छ । तर, अभ्यासमा रुपान्तरण भन्ने अलि गाह्रो विषय हो । तर, पनि जनताले केही हदसम्म नेपाली कांग्रेस बदलियो कांग्रेस बदल्छौँ देश भन्ने नारालाई केही हदसम्म आशा र विश्वास पनि गरेका छन् । वर्तमान नेपाली कांग्रेस अर्थात् गगन नेतृत्वको कांग्रेस बदल्छौँ देशको अग्निपरीक्षामा छ । नेपाली कांग्रेस पन्ध्रौँ महाधिवेशन सम्पन्न भइरहँदा नयाँ नेतृत्व चैनको लागि पनि नेताहरुबिच रस्साकस्सी भइरहेको छ । यो स्वभाविकै पनि हो ।

मास पार्टीको रुपमा परिचित नेपाली कांग्रेसका कार्यकर्ताहरु कसैको नियन्त्रणबाट तह लगाउन सकिँदैन । उनीहरुलाई स्वभाविक स्थानमा राख्नको लागि समन्वयको जरुरी छ । डिक्टेरले तह लाग्ने त क्याडर बेस पार्टी हुन् । उनीहरुले आफ्ना कार्यकर्तालाई सैन्य सम्झन्छन् र आदेश गर्छन् । जुन कुरा कार्यकर्ताहरुले बाध्यात्मक रुपमा मान्छन् र गर्छन् पनि तर नेपाली कांग्रेसभित्र त्यस विषयलाई आवश्यकताअनुसार सकारात्मक रुपमा लिनु पर्ने बुझिए पनि तत्काल प्रतिपाद गरिहाल्छन् । नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन गर्दै गर्दा नेतृत्व चैन र कार्य सम्पादनको सहजताको लागि आफ्नो विधान संशोधन पनि गरेको छ । जटिल परिस्थितिमा त्यो आवश्यक पनि थियो ।

स्वभाविक पनि छ । पन्ध्रौँ महाधिवेशनबाट नै नेपाली कांग्रेसले स्थानीय तहका कार्यकर्ताबाट नै केन्द्रीय तहका नेता चुन्ने परिपाठीको सुरुवात गरेको छ । जसको कारण सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालगायतका नेताहरु समेत स्थानीय तहका अर्थात् वडा तहका कार्यकर्ताबाट चुनिएर केन्द्रीय महाधिवेशनमार्फत् केन्द्रीय नेतृत्वको लागि दाबी गर्न पुगेका हुन् । त्यसैले नेतृत्वमा जाने जोसुकैले पनि विगतका घटना क्रमलाई आत्मसमीक्षा गर्दै लोकतान्त्रिक मूल्यमान्यताको आधारमा अगाडि पढ्नु पर्ने अवस्था छ ।

लोकतान्त्रिक मुलुकमा लोकतन्त्रको समुन्नतीको पुल बन्न चाहन्छ भने राजनीतिमा नेपाली कांग्रेस नै समुन्नतीको पुल बन्न सक्दछ । तीन ल्वस्टरमा बाँडेर नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन सञ्चालन गरियो । हिमाल, पहाड र तराई तीन समूहमा बाँडेर पहाड ल्वस्टरबाट बन्द सत्र सुरु गरियो । पन्ध्रौँ महाधिवेशनम सुरुवातसँगै नेता विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन् भने महिला उपसभापतिमा पुष्पा भुसाल पनि निविरोध निर्वाचित भइसकेकी छिन् ।

त्यसैगरी अन्य नेतृत्व तहका नेताहरु भने चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुको निर्वाचनको नतिजाले पनि नेपाली कांग्रेस कतिसम्म लोकतन्त्रको पुल बन्न सक्छ । त्यसले मार्ग दर्शन गर्नेछ । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनमा केन्द्रीय समितिको पदाधिकारी र सदस्यमा आकांक्षीहरु धेरै सङ्ख्यामा भएको कुरा पार्टी सभापति गगन थापाले भनेअनुसार उम्मेदवार नबन्नेहरुसँग तस्वीर लिउँभन्दा कोही साथी तस्वीर लिन आएनन् रे । अब भन्नुस् महाधिवेशनमा सहभागी भएको अधिकांश नेताहरु उम्मेदवार बन्ने भन्ने बुझियो । महाधिवेशन सभालाई सम्बोधन गर्दै गर्दा सभापति गगन थापाले विपी कोइरालाको छोरा कहाँ हुनुहुन्छ, गणेशमानको छोरा कहाँ हुनुहुन्छ, महेन्द्रनारायणको छोरा कहाँ हुनुहुन्छ, त्यो मलाई थाहा छैन ।

तर, उहाँहरुको आत्मा यहाँ छ, त्यो मलाई थाहा छ भनेर सम्बोधनमा भन्दा सभा भावविहवल भएको थियो । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनमा सभापतिको पदमा उम्मेदवारी फिर्ता लिँदै भनेका छन्, कसैसँग कुनै विषयमा वार्गेनिङ गरेर उम्मेदवारी फिर्ता लिएको हैन । मैले गगनजिलाई सहयोग पुगोस् भनेर आफ्नो उम्मेदवारी फिर्ता लिएको हुँ । उनले अर्थात् किशोरसिंह राठोरले यति भनेसँगै नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापासँग श्यामकृष्ण खड्गी प्रतिस्पर्धा गर्दैछन् । अब वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा नेवि संघको अध्यक्ष हुँदा पार्टी सभापति गगन थापा उपसभापतिथीय भनेर कसैलाई हिनताबोध गराउने, आत्म गलानी गराउने कुराहरुको आवश्यक छैन, यस्ता कुराहरुले बढी टरचर दियो भने आपसी द्वन्द्व पनि सिर्जना हुनसक्छ, मति बिग्रेको बेला किशोरसिंह राठोरले भनिसकेका छन् ।

म विद्यार्थी अध्यक्ष हुँदा गगन सदस्य थिए भनेर तर आज उनै किशोरले गगनलाई बिना कुनै लेनदेन गगन थापालाई सहयोग गर्दै आफूले पन्ध्रौँ महाधिवेशनमार्फत् नेपाली कांग्रेसको पार्टी सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । गगन थापाको लागि सहज वातावरण तयार गरेका छन् । त्यसैले इतिहास त मेटिँदैन तर यी कुराहरुको व्याख्या गरिरहनु जरुरी छैन । त्यसैले गगनजि इतिहास लेखेर इतिहास पढेर र बदलियौँ कांग्रेस बदल्छाँै देशको नाराले मात्र देश बदलिँदैन, बदल्ने अभ्यासको सुरुवातको लागि निर्वाचित भएको मितिबाटै सङ्कल्पका साथ अगाडि बढ्नु आवश्यक छ । बदल्नको लागि विशेष महाधिवेशनको जुन भूमिका थियो त्यो भूमिका निर्वाह गर्न पन्ध्रौँ महाधिवेशनको नतिजाले दिएको मेण्टडेटलाई देश बदल्नको निमित्त दृढ सङ्कल्पका साथ अगाडि बढाउनु जरुरी छ ।

महाधिवेशन सम्बोधन गर्दै अब हामीले पार्टीको केन्द्रीय कार्यसमितिको चयनको लागि भेलामा उपस्थित भएका सात हजार प्रतिनिधिले मात्र मतदान गर्ने परिपाठीलाई परिमार्जन गर्दै स्थानीय तहमा रहेका सम्पूर्ण क्रियाशील सदस्यहरुले मतदान गरी केन्द्रीय कार्यसमिति गठन गर्ने परिपाठीको सिर्जना गर्ने गरी अगाडि बढ्ने भन्ने कुराको समेत सार्वजनिक गरेका छन् भने सभालाई सम्बोधन गर्दै सभापति गगन थापाले अब हाम्रो पार्टीमा कुनै गुट रहने छैन ।

आजैदेखि विगतमा चल्दै आएका, देउवा समूहको इराला समूह, पौडेल समूह लगायतका सबै गुट वा समूहको नाममा नेपाली कांग्रेसभित्र कुनै पनि गतिविधि हुने वा गर्ने अवस्थाको अन्त्य भएको छ । औपचारिक रुपमा लामो समयदेखि चल्दै आएका चौहत्तर छत्तिस नामका सबै समूहरुको नाममा अब पार्टीभित्र कुनै गतिविधि वा चलखेल हुन पाउने छैन । चौधौँ महाधिवेशन पश्चात नेपाली कांग्रेसले विशेष महाधिवेशन सम्पन्न गरेर पन्ध्रौँ महाधिवेशन सम्पन्न गर्दैछ ।

विशेष महाधिवेशन विशेष समय र परिस्थितिमा हुने गर्दछ । पहिलो विशेष महाधिवेशन २०१४ सालमा पार्टी सभापति सुवर्ण शमशेर राणाले बोलाएका थिए र सोही महाधिवेशन पश्चात नेता विपी कोइराला पार्टी सभापति बनेका थिए । त्यतिबेला सुवर्ण शमशेरले किन विशेष महाधिवेशन बोलाए भन्ने औचित्य २०१५ सालको आम निर्वाचनले पुष्टि ग¥यो । त्यसैगरी २०८२ सालमा विशेष महाधिवेशन माग गर्नु पर्ने अवस्था आयो कारण नियमित महाधिवेशन समयमा गर्नेतर्फ बहुमत नेतृत्व पक्षले चासो नदेखाएको कारण विशेष महाधिवेशनका निमित्त पार्टीमा महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित निवेदन दर्ता गर्नुपरेको हो ।

त्यति हुँदा पनि नेतृत्वमा रहेका सभापति समूहले धृतराष्ट्रले भीमशेनलाई कर्याप कुरुप पार्न खोजे जस्तै गरी कर्याप कुरुप पार्न खोजेपछि महामन्त्री समूहले चलाखीपूर्ण तरिकाले सबै साथीहरुलाई कुरा बुझाउँदै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्दा बहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको उपस्थितिमा विशेष महाधिवेशनमार्फत् पार्टी सभापति बनेका गगन थापाको नेतृत्वमा अहिले नियमित पन्ध्रौँ महाधिवेशन भइरहेको छ । पन्ध्रौँ महाधिवेशनबाट गगन थापा नै सभापति बन्ने निश्चित पनि छ । पन्धौँ महाधिवेशनको सम्पन्नतासँगै गगन थापाको उपलब्धीपूर्ण लोकतान्त्रिक यात्राको पनि तय हुनेछ भन्नेमा सबै आशावादी छन् ।

केन्द्रीय सदस्य तथा पदाधिकारीहरुमा मनोनयन दर्ता गर्ने धेरै उम्मेदवार साथीहरुलाई सोच्नको लागि पार्टी सभपाति गगन थापाले विनम्रतापूर्वक अनुशरण गरिरहँदा कतिपय उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिने परिस्थिति पनि सिर्जना भयो । जसमा पहिलो उम्मेदवारी फिर्ता लिने उम्मेदवार हुन् सभापति पदका दावेदार किशोरसिंश राठोर पार्टी व्यवस्थापनका निमित्त आफ्नो मनोनयन पत्र फिर्ता लिएर पार्टी सभापतिलाई सहयोग गरेकोमा सबैले धन्यवाद पनि व्यक्त गरेका छन् ।

त्यसैगरी पार्टी उपसभापतिमा उम्मेदवारी व्यक्त गरेका छन् । त्यसैगरी पार्टी उपसभापतिमा उम्मेदवारी दर्ता गरेका नेता मिन विश्वकर्मा तथा नेता डा मिनेन्द्र रिजालसँग उहाँहरुसँग विशेष अनुरोध पार्टी सभापति गगन थापाको अनुरोधमा आफ्नो उम्मेदवारी फिर्ता लिएकोमा सबैजना उहाँहरुप्रति सम्मानपूर्वक धन्यवाद पनि प्रकट गरिएको छ । समुन्नत नेपाल र सम्मानित नेपाली बनाउनको लागि जसरी भए पनि पन्ध्रौँ महाधिवेशन सफल पार्नु हाम्रो पहिलो दायित्व पनि हो । त्यसैले नेपालको लोकतान्त्रिक यात्रालाई गन्तव्यमा पु¥याउन नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनलाई निर्भयताका साथ सौहार्द र सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको कर्तव्य पनि हो । यो गन्तव्य पूरा गरे कांग्रेसको लोकतान्त्रिक यात्राको शिखर सिँडी बन्न सक्छ । जय नेपाल ।