लीलाधर वली \प्रिया स्मृती गजमेर
दाङ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङका ३ वटै निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । सहमतिमा नयाँ नेतृत्व चयन हुन नसकेपछि आज मतदान हुन थालेको हो । जस अन्तर्गत क्षेत्र नं. २ को सभापतिलगायतको कार्यसमिति, क्षेत्र नं. २ (क) को सभापतिलगायतको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुन थालेको हो ।
दाङ क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा प्रकाश श्रेष्ठ र सन्तोष योगीबिच प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नं. २ (क) प्रदेश सभाका सभापति भइसकेका श्रेष्ठ र कांग्रेस दाङका सदस्य योगीबिच क्षेत्रीय सभापतिका लागि प्रतिस्पर्धा हुन थालेको हो । क्षेत्रीय सचिवमा शरद विक ‘समीप’ र तिलक केसी, सहसचिवमा निरज गिरी र मधु अधिकारी र सहसचिव महिलामा सपना मजगैयाँ अधिकारी र रेखा केसीबिच प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नं. २ (क) प्रदेशसभातर्फको सभापतिमा मायाकुमारी पोख्रेल र शिशिर अधिकारीकाले सभापतिका लागि प्रतिस्पर्धा गर्न थालेका छन् । उपसभापतिमा इन्द्रबहादुर वली र विनोद गौतम, सचिवमा भुवन गौतम र शालिकराम पाण्डेयबिच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन क्षेत्र नं. २ (ख) प्रदेशसभातर्फ सभापतिमा अभियान बस्नेत निर्विरोध निर्वाचित भएका छन् । जसको उपसभापतिमा रेश्मीराज खड्का, सचिवमा भोलाबहादुर बुढाथोकी, सहसचिवमा मार्कण्डेय रेग्मी र पुष्पा डाँगी निर्विरोध चुनिएका छन् । महिला सदस्यमा ठगा केसी र मिना भण्डारी, दलित महिला प्रत्यक्षमा सविता गन्धर्व, युवामा संगीत अवस्थी तथा खुलातर्फ भीमबहादुर रावत (राजु), जागेश्वरप्रसाद डाँगी र ओमराज सुवेदी निर्विरोध निर्वाचित छन् । समानुपातिकतर्फ दलित सदस्यमा विनिता सुनार, आदिवासी जनजातिमा लीलाधर श्रेष्ठ र खसआर्यमा नमाकुमार रावत, यज्ञबहादुर थापा र अनिलकुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार चार खुल्ला महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दाङ क्षेत्र नं. २ बाट अनिता देवकोटा, बिमला योगी, बालिका लम्साल, मन्जु बज्राचार्य, जानका केसी र गोमा रावतले उम्मेदवारी दर्ता गराएका छन् । खुला पुरुषतर्फ १० जनाका लागि विपुल पोख्रेल, राजु खनाल, किरणकिशोर घिमिरे, गिरिराज सुवेदी, भुपबहादुर डाँगी, भीमप्रकाश खड्का, प्रचण्डविक्रम न्यौपाने, चित्रबहादुर डाँगी (निर्मल), रेखबहादुर वली (देउता), लीलाधर वली, दीपक पाण्डे, रमेशकुमार पाण्डे, महेशराज श्रेष्ठ, दीपक न्यौपाने, प्रवीनकुमार भण्डारी, नारायण भण्डारी, प्रकाश रजौरे, यज्ञबहादुर बस्नेत, पुरुषोत्तम शर्मा, पवन आचार्य, विष्णुप्रसाद शर्मा, श्रीधर घिमिरे, पदमराज शर्मा, दुर्लभ केसी, कृष्णबहादुर डाँगी, प्रेमबहादुर क्षेत्री र सुनिलकुमार देवकोटाको उम्मेदवारी परेको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि श्रमिकतर्फ एकका लागि गणेशबहादुर केसी र युद्धबहादुर डाँगी (सन्तोष), पेशागत विषय विज्ञतर्फ एकका लागि गोपालप्रसाद भुसाल, चन्द्र शर्मा र विष्णुमणि धिताल उम्मेदवार छन् । युवा खुलातर्फ दुई महाधिवेशन प्रतिनिधिका कुलराज पोख्रेल, विपिन बुढाथोकी, गणेश विश्वकर्मा, लेखनाथ बुढाथोकी, दामोदर थापा, पंकज न्यौपाने, बामदेव केसी र अमित रेग्मी, एक महाधिवेशन युवा महिलातर्फ रमिला शर्मा, जुली पोख्रेल र अर्चना शर्मा तथा अपाङ्गतातर्फ राजकुमार धिताल, गिरिराज वली क्षेत्री र दीपक सुवेदीको उम्मेदवारी परेको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि समानुपातिक खुला थारुतर्फ गणेशकुमार चौधरी, बुझाउन चौधरी, जगलाल चौधरी, चन्द्रप्रसाद चौधरी, शोभाराम चौधरी र भुवन चौधरीको उम्मेदवारी परको छ । एक दलित प्रत्यक्षतर्फ महाधिवेशन प्रतिनिधिका लागि बाबुराम विश्वकर्मा र केशव नेपाली, एक महाधिवेशन प्रतिनिधि प्रजातन्त्र सेनानी, द्वन्द्वप्रभावित र सहिद परिवारतर्फ मनोज बुढाथोकी, हरि सुवेदी ’जरा’ र पुष्करराज शर्माले उम्मेदवारी दिएका छन्। दलित महिला समानुपातिकमा लीला नेपाली र बिमला नेपाली, दलित खुला समानुपातिकमा तेजबहादुर विक, देवकुमार नेपाली र आशाराम नेपाली (शंकर) को उम्मेदवारी परेको छ ।
आदिवासी जनजाति महिलातर्फ सावित्रा राना, पुष्पा श्रेष्ठ र जुनकुमारी बुढा ‘जुनु’, खसआर्य महिलातर्फ निरजा पोख्रेल, सरस्वता गौतम र सुशीला थापा तथा खसआर्य खुलातर्फ बिरबहादुर खत्री ‘बिरु’, निर्मल न्यौपाने, ताराबहादुर डिसी र नन्दकुमार धितालको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय प्रतिनिधितर्फ अल्पसंख्यक महिलामा मुक्ति वादी, समानुपातिक थारु महिलामा उषा चौधरी, आदिवासी जनजाति खुलामा नारायण जिएम र समानुपातिक मुस्लिममा रजिव उल्लाह खान निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि बिहान ८ः०० देखि दिउँसो ४ः०० बजे सम्म समय छुट्याइएको छ ।
निर्वाचन क्षेत्र नं. ३ मा सभापतिका लागि ५ जनाको उम्मेदवारी
दाङ क्षेत्र नं. ३ मा खिमबहादुर वली, सुरेन्द्र खड्का, किरण शाह, कुमार लामिछाने र घनश्याम ढकालले क्षेत्रीय सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्
क्षेत्र नं. १ को सभापतिमा गिरी र घिमिरेबिच प्रतिस्पर्धा, अधिकांश पदमा निर्विरोध
यसैगरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. १ मा क्षेत्रीय सभापतिका लागि दिनेश गिरी र कुमार घिमिरेका बिच प्रतिस्पर्धा हुने भएको छ । गिरी एक कार्यकाल प्रदेश ‘ख’ को सभापतिको जिम्मेवारी सम्हालिसकेका गिरी र विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता घिमिरेबिच प्रतिस्पर्धा हुने भएको हो ।
क्षेत्रीय सचिवका लागि प्रकाशकुमार जिसी, गोविन्दकुमार वली र आशिष पौडेल गरी तीन जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत अर्जुनकुमार अधिकारीले जानकारी दिएका छन् । यसैगरी प्रदेश ‘क’ को सभापतिमा किरण पौडेलसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएको छ । प्रदेश ‘ख’ को सभापति पदमा भने हरिहर शर्मा, लालवीर खड्का र किरण विक्रम शाह गरी तीन जनाको उम्मेदवारी परेको छ । दाङ क्षेत्र नं. १ मा सभापति, सचिव र प्रदेश ‘ख’ को सभापति पदबाहेक अन्य अधिकांश पदमा निर्विरोध निर्वाचन भएको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समावेशीतर्फ थारू समानुपातिकमा कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, सुशीला चौधरी, शिवा चौधरी र हिरालाल चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
मधेसी समानुपातिकतर्फ एक पदका लागि अनुराग यादव र पवनकुमार यादवको उम्मेदवारी परेको छ । समानुपातिक दलिततर्फ लोकाकुमारी विश्वकर्मा निर्विरोध निर्वाचित भएकी छन् भने महिला कोटामा छ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समानुपातिक मुस्लिमतर्फ दुई जना निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुलातर्फ २५ जनाको उम्मेदवारी परेको छ । श्रमिकतर्फ चार जना र पेसागत विज्ञतर्फ एक जनाको उम्मेदवारी परेको छ ।