विश्व फार्मासिष्ट दिवसका अवसरमा सेवा घरमा आश्रितलाई खाना

दाङ,१० असोज । नेपाल फार्मेसी संघ दाङले सेवा घरमा आश्रितलाई एक छाक खाना खुवाएको छ । विश्व फार्मासिष्ट दिवसका अवसरमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदै नेपाल फार्मेसी संघ दाङले सेवा घरमा आश्रित ४६ जना नागरिकलाई खाना खुवाएको हो ।

संघको सप्ताहव्यापी कार्यक्रमको दोश्रो दिन शनिवार घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थीत मानव कल्याण समाजद्धारा सञ्चालित सेवा घरमामा बस्ने ४६ जनालाई खाना खुवाएको छ । नेपाल फार्मेसी संघ दाङका अध्यक्ष श्यामकुमार गिरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१० का अध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सेवाघरमा बसोवास गर्ने नागरिकलाई खाना खुवाइएको थियो । प्रमुख अतिथि वडा अध्यक्ष पाण्डेले स्वास्थ्य क्षेत्रमा मात्र नभएर समाजसेवामा पनि फर्मासिस्ट उभिएको देख्दा खुसी लागेको बताएका थिए । उनले सडक आश्रित नागरिकलाई खाना खुवाएर महत्वपूर्ण काम गरेको बताएका थिए ।

औषधी खादा हरेक नागरिक सचेत रहनुपर्ने भन्दै वडा अध्यक्ष पाण्डेले भने,‘ओैषधि प्रयोगकर्ता या विरामिले ओैषधि ओभर विज्ञको रुपमा चिनिने फर्मासिस्टको सल्लाहअनुसार मात्र प्रयोग गर्नुपर्छ ।’ नेपाल फार्मेसी संघ दाङले ओैषधिको बारेमा समाजलाई जानकारीमुलक थप कार्यक्रम लिएर अगाडि बढ्न सुझाब दिएका थिए । शुभकामना मन्तव्य मानव कल्याण समाज सेवा घरका संयोजक शुस्मीता श्रेष्ठले सेवा घरमा आश्रय लिएर बसेका नागरिकलाई खाना खुवाउनेलगायतका सेवाका कार्यमा जोडिन अरुलाई समेत आग्रह गरेकी थिइन ।

नेपाल फार्मेसी संघ दाङका अध्यक्ष श्याम कुमार गिरीले मानव सेवा घर दाङ नारायणपुरका संयोजक सुस्मिता श्रेष्ठलाई मानवरुपी भगवानको संज्ञा दिएका थिए। एनले आफ्नो घर सम्हाल्न गार्हाे मान्ने यो संसारमा निश्वार्थ तरिकाले यसरी सेवा जो कोहिले गर्न सक्दैन र गर्दैन यो समाजको लागि प्ररेरणा हो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेश्रो दिन संघले घोराहीस्थीत होटेल कौसीमा ‘एएमआर’ सम्वन्धमा प्यानल छलफल गर्ने भएको छ । संगीता खरेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव दिल किरण परियारले गरेका थिए ।