प्रतिष्ठानमा आजवाट सेवा यथावत

दाङ जेठ ८ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आजदेखि ‘आकस्मिक र बहिरग सेवा’ शुरु हुने जानकारी गराएको छ । कोरोना संक्रमितको उपचार गर्नका लागि मन्त्रालयको निर्देशनमा अन्य बिरामीहरुलाई बुधबारदेख सेवा नदिने जनाएको प्रतिष्ठानले एक बिज्ञप्ती मार्फत यस्तो जानाकरी दिएको हो ।

कामु रजिस्टार कैलाशप्रसाद देवले जारी गरेको विज्ञप्तिमा ‘बिरामीहरुको हितलाई ध्यानमा राखेर’ यस्तो निर्णयमा पुगेको जनाइएको छ । साथै आफ्नो क्षमताले भ्याएसम्म संक्रमितहरुको उपचार गर्ने कुरामा पनि प्रतिष्ठानले प्रतिबद्धता जनाएको छ ।

विज्ञप्तीमा महामारीको संकटका समयमा प्रतिष्ठानको बाध्यता बुझेर सहयोग गर्न पनि सबैमा आह्वान गरिएको थियो । मन्त्रालयको निर्देशन र त्यसै आधारमा भएको प्रतिष्ठानको निर्णयको नगरिकस्तरमा व्यापक आलोचना भएको थियो ।