दाङ,२४ साउन । साहित्यकार सुशील गौतमको ८१ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी भएर उपचाररत साहित्यकार गौतमको घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थीत आफ्नै निवासमा आइतवार निधन भएको हो ।
साहित्यकार गौतमका नेपाली, अग्रेजी र उर्दु भाषामा १४ वटा गीत, गजल, कविता र मुत्तकका पुस्तकसँगै विभिन्न फुटकर रचनाहरु प्रकाशित रहेका छन् । साहित्यकार गौतम २००२ साल असोज १२ गते स्वर्गीय टेकनाथ गौतम र आमा मुन्नादेवी गौतमको सन्तानका रुपमा घोराही उपमहानगरपालिका–१२ हापुरमा जन्मिएका थिए ।
गौतमका श्रीमतिसहित तीन छोरा र एक छोरी रहेका छन् । साहित्यमा विशेष गरि गजलमा महत्व राख्ने गौतमको निधनले नेपाली साहित्यलाई अपुरणीय क्षति पुगेका विश्वास गरिएको छ ।