क्रिकेट संघ दाङको भवनमा तोडफोड

दाङ,६ जेठ । अज्ञात समूहले दाङ जिल्ला क्रिकेट संघको भवनमा तोडफोड गरेको छ । संघको घोराही उपमहानगरपालिका वडा नं. १७ को गुलरिया क्रिकेट खेल मैदानमा रहेको भवनमा तोड्फोड् गरेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयाले जानकारी दिएका छन ।

अध्यक्ष मजगैयाका अनुसार आइतरवार राती अज्ञात समूहले क्रिकेट मैदानमा रहेको भवनका तीन वटा झ्यालका सिसाहरुमा तोडफोड गरेका छन । ‘क्रिकेट मैदानमा रहेको भवनका तीन वटा झ्यालका सिसाहरु फोड्ने काम भएको छ’,अध्यक्ष मजगैयाले भने,‘ तोडफोडको कार्यमा संलग्नलाई पहिचान गरि कारवार्ही हुनुपर्छ ।’ अध्यक्ष मजगैयाले कारावर्हीका लागि संघले प्रहरीमा निवेदन दिएको समेत बताएका छन ।

त्यस्तै नेपाल क्रिकेट संघका प्रदेश नं. ५ र ६ का सचिवालय तथा आर्थिक विभाग सदस्य कैलाश रोकामगरले पनि दाङ जिल्ला क्रिकेट संघको भवनमा भएको तोडफोड कार्यको विरोध गर्दै दोषीलाई पहिचान गरि कारावर्ही गर्न स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरेका छन । उनले यस्ता अत्यन्त घृनित र निन्दा कार्यमा आगामी दिनहरुमा नगर्न समेत सम्वन्धीत पक्षलाई आग्रह गरेका छन ।