घोराही कोरा साइकल यात्रा सुरु
दाङ, २ साउन। पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै साइकलप्रति अभिरुचि बढाउने उद्देश्यले घोराही कोरा साइकल यात्रा–२०२६ भएको छ । प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवद्र्धनमा सहयोग गर्ने लक्ष्यका साथ दाङ साइकल सिटीको आयोजनामा शनिबार घोराही कोरा साइकल यात्रा भएको हो ।
दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठको अध्यक्षतामा भएको घोराही कोरा साइकल यात्राको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले पर्यटन क्षेत्रको प्रचारप्रसारका लागि साइकल यात्राले सहयोग पु¥याउने बताउनुभएको थियो । साइकललाई वातावरणमैत्री यातायातका रूपमा प्रवद्र्धन गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनका लागि प्रेरित गर्ने बताउनुभयो ।
पर्यावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने र घोराहीका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्न सहयोग पुग्ने अपेक्षा गर्दै मन्त्री न्यौपानेले आन्तरिक पर्यटन तथा स्थानीय व्यवसायको प्रवद्र्धनका लागि साइकल संस्कृतिको विकासमा जोड दिनुपर्ने बताउनुभएको थियो । घोराही उपमहानगरपालिका–१५ स्थित ललित इन्टरप्राइजेजबाट सुरु भएको साइकल यात्रामा ५० भन्दा बढी साइकलयात्रीको सहभागिता रहेको छ ।
साइकलयात्रीले शहीद गेट–तुलसीपुर चोक–न्यू रोड–पुरानो बैंक रोड–गणेश मन्दिर–ट्राफिक चोक–अम्बिकेश्वरी मन्दिर–डबरी–चौघेरा मन्दिर–बर्गदी–पनौरा हुँदै घोराही–५ स्थित धारापानीस्थीत पाण्डवेश्वर महादेव मन्दिरको ५० किलोमिटर दुरी पार गर्दै पुनः घोराहीस्थति होटल माला इनमा पुगेर यात्रा समापन गर्नेछन् । दाङ साइकल सिटीले प्रत्येक बर्षको जुलाई तेश्रो शनिवार घोराही कोरा साइकल यात्रा गर्दै आएको छ ा