बाँकेमा एकैदिन थपिए ४७ जनामा कोरोना संक्रमित

दाङमा,५ जेठ । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ जना पुगेको छ ।

नेपालगंजको भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन ।

जसमा ४६ जना पुरुष र एक जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।