दाङ,२४ असार । पूर्वमुख्यमन्त्री तथा नेपाली काग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशकोे वृहत्तर विकासको लागि सबै एक भएर लाग्नु पर्ने बताएका छन् । लुम्बिनीलाई आर्थिक सामाजिक, साँस्कृतिक विकास र पर्यटकीय प्रवद्र्धन गर्दै समृद्ध प्रदेशको रुपमा लैजानुपर्नेमा सबैको एकता आवश्यकता भएको औंल्याए ।
‘संघीयतालाई बलियो बनाउन प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउनुपर्छ,’ पूर्वमुख्यमन्त्री चौधरीले भने, ‘नीति, विधि, प्रक्रियामा हामी कहाँ चुकेका छौं त्यसको पुनरावलोकन गरौं ।’ संविधान र संघीयताको रक्षागर्दै कहाँ चुकेका छौं भनेर समिक्षा समेत गर्नुपर्ने समय आएको उनको भनाइ थियो । प्रदेश स्थापनाकालमै सुरु गरेका योजना अहिलेसम्म पनि अधुरो अवस्थामा रहनु दुःखको विषय रहेको उनको बताए । ‘पहिलो पटक प्रदेश स्थापना भएपछि प्रत्येक निर्वाचन क्षेत्रमा दुई ठूला सडक निर्माण योजना सञ्चालन भएका थिए, तर अहिलेसम्म पूरा हुन सकेका छैनन् यो दुखद् विषय हो’ चौधरीले भने ।सत्ता पक्ष दलको नेताको रुपमा बुधवार लुम्बिनी प्रदेश सभालाई सम्वोधन गर्दै चौधरीले यस्तो बताएका हुन ।
प्रदेशको पहिलचान बोकेका महत्वपूर्ण योजनामा सरकारले प्राथामिकतामा राख्नुपर्ने उनले बताए । सरकार र सांसदबाट पनि प्रदेशका पहिचान बोकेका योजना भन्दा फुटकर योजनामा जोडबल बढी रहेकाले यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । अहिले हामी आफै पनि १० लाखका योजनामा केन्द्रित भएका छौ, यसले न सहरको विकास हुन्छ, न त बस्ती विकास हुन्छ, उनले भन,े न त ठूला पूर्वाधार र संरचना नै निर्माण हुन्छन । आर्थिक विकास, पर्यटकीनय विकासमा बहस छैन, १० लाखे विकासका योजना परेन भनेर हामी बहस केन्द्रित गछाँै उनले भने ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तीनवटा महत्वपूर्ण र दुरगामी योजना ल्याएकोमा धन्यवाद दिए । प्रदेश सरकारले बालविवाह मुक्त प्रदेश बनाउन स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालन गर्ने कार्यक्रम, कृषी उद्योग सम्बन्धी सहुलिय ब्याजमा सहयोग, सूचना र प्रविधिको विकाससँगै युवाहरुलाई रोजगारीमा जोड्ने कार्यक्रम ल्याउनु सकारात्म कार्य भएको बताए । रोजगारी र आर्थिक विकासका लागि स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्नुपर्ने चौधरीको भनाइ थियो । आफु सरकारका मन्त्री रहदा र मुख्यमन्त्री हुदा केही महत्वपूर्ण कार्यक्रम र योजना ल्याएको समेत बताए । उनले जिनावनङ ब्राण्डलाई लुम्बिनी सरकारले अबलम्बन गर्नु पर्ने बताए ।
अर्को प्रसंगमा चौधरीले संसदको गरीमा सांसदहरुले नै जोगाउनु पर्ने भन्दै जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे । संसद भित्रको मर्यादा, भाषा, व्यवहार, शिष्टाचार कायम गरौँ भने मात्रै हाम्रो पनि गरिमा रहन्छ, चौधरीले भने, संसद नै गरिमा बस्न नसकेको को बस्छ , आफनो संगै संविधान र संघीयताको गरिमा पनि ख्याल गरौ । संविधान र संघियताको रक्षा गरौ संविधार रक्षा गर्न सकेनौ भने संघीयता कमजोर हुन्छ । चौधरीले प्रजातन्त्रले नीति, विधि, विकास ल्याएको भन्दै यसको सस्थागत संघीयताले गर्नु पर्ने बताए ।
नेपाली काँग्रेस प्रजातन्त्रको अनुयायी भएको भन्दै प्रजातान्त्रीक अभ्यास गरिरहेको बताए । उनले केहि सांसदहरुले सदमा प्रयोग गरेका अशिष्ट शब्दहरुमा व्यांङग्य गर्दे प्रजातन्त्रमा सबैले वोल्न पाउने त गरिमा गुमाउन नहुने बताए । चौधरीले नीति क्षेत्र र सामाजिक क्षेत्रसंगको सहकार्यमा मात्रै राज्यले विकासमा गतिहिलन सकने भएकाले सहकार्यको वातावरण बनाइनु पर्ने बताए ।