शिक्षक संघ दाङद्वारा पुरीको सम्झनामा शोक सभा

दाङ, २० असार । नेपाल शिक्षक संघ दाङले संघका साधारण सदस्य स्वर्गीय रमेश पुरीको सम्झनामा शनिबार शोक सभा गरेको छ । पुरीको निवास पश्चिम दाङको दङ्गीशरण गाउँपालिका–३ एकलीमा शोकसभा गरेको हो ।

नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डागीको सभपतित्व एवं संघका सल्लाहकार तथा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष युवराज बस्नेतको प्रमुख आथिथ्यता कार्यक्रम भएको शोकसभामा बोल्ने बक्ताहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।

कार्यक्रममा शिक्षक संघ दाङका निवर्तमान उपाध्यक्ष योगराज खत्री, संघको शान्तिगरका सल्लाहकार खुमानन्द पौडेल लगायतका बोल्नु भएको थियो । कार्यक्रममा उपस्थितलाई स्वर्गीय रमेश पुरीका दाजु नेपाल शिक्षक संघ, घोराहीका अध्यक्ष खिमप्रकाश पुरीले धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ दाङका सचीव सूर्यबहादुर बस्नेतले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघ दाङले आफ्ना सदस्यको निधन भएकोमा परिवारलाई आर्थिक सहयोग गरेको थियो । नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डागीले स्वर्गीय रमेश पुरीका बुवालाई सहयोग प्रदान गर्नु भएको थियो । शान्तिनगर गाउँपालिका ७ स्थित माध्यमिक विद्यालय तुल्सिपुर धनौरीमा कार्यरत रमेश पुरीको ४४ वर्षको अल्पायुमै असार १३ गते निधन भएको थियो ।