हेमराज शर्मा
दाङ,१६ असार। सरस्वती माध्यमिक विद्यालय काठेकोलमा जेष्ठ नागरिक अन्तरपुस्ता ज्ञान, सीप तथा अनुभव हस्तान्तरण कार्यक्रम आज मंगलवार सप्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय सामाजिक बिकास डिभिजन कार्यालय तुल्सिपुर दाङको आयोजनामा भएको कार्यक्रममा सरोकारवाला सहित कक्षा ९ र १० का विद्यार्थीको सहभागी भएका छन । सामाजिक बिकास डिभिजन कार्यालय तुल्सिपुर दाङका प्रशासन अधिकृत रुद्रमणी खरेको सभापतितब एवं राष्ट्रिय जेष्ठ नागरिक महासङका लुम्बिनी प्रदेश प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा न १५ का प्रतिनिधि कृष्णा राना, विद्यालय ब्यवस्थापन समितिका सदस्य रेखा बस्नेत, विद्यालयका निमित्त प्रधानाध्यापक प्रकाश डागी, कार्यालयका इन्जिनियर बिजय बास्तोला,पूर्णप्रसाद रिजाल लगायतका आ आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा उपस्थित फरक फरक पुस्ताका ब्यक्तिगत अनुभव साटासाट गरेका थिए । पुस्ता(पुस्ताबिचको सम्वन्ध सुमधुर हुन नसके समाज नै अवस्थ हुने धारणा सहभागीले राखेका छन ।
कार्यक्रममा सहभागीका तर्फबाट कक्षा १० कि छात्रा वर्षा कवर र ९ कक्षाका छात्र किसन नेपालीले कार्यक्रममा सिकेको धारणा राख्नु भएको थियो । कार्यक्रमको प्रशिक्षकमा नेपाल सस्कृत विश्वविद्यालयका उपप्रध्याक दुर्गालाल केसी हुनुहुन्थ्यो । कार्यक्रममा बालअधिकार,बाल कर्तव्य र जेष्ठ नागरिकप्रतिको जिम्मेवारी, बाल अधिकारप्रती नेपालको संविधान र कानुनमा भएको ब्यवस्था लगायतका बिषयमा जानकारी गराइएको थियो ।