कोरोनाबाट मृत्यु भएकी महिलाको बच्चा र आफन्तमा कोरोना देखिएन

दाङ ५ बैशाख । कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु तथा परिवारका अन्य सदस्यमा कोरोना संक्रमण देखिएन । ती महिलामा संक्रमण देखिएपछि नवजात शिशुसहित परिवारका सदस्यहरुको स्वाव संकलन गरेर पीसीआर बिधिबाट परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

नवजात शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ । नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा पठाउन लागिएको जनाइएको छ ।