कस्तो रमाइलो थियो त्यो बेला । मेरो गाउबाट घोराही घुमेर गाउमै आइपुग्दा पनि पाँच रुप्पेले सबै रमाइलो हुन्थ्यो । कहिले काहीँ त टेक्टरको चालकलाई लालीगुराँसको फूल दिए पनि भाडा माग्दैनथ्यो ।
त्यो बेला हामीको अदितीय खुसीको अनुभूति हुन्थ्यो । हालको बंगलाचुलीबाट टेक्टरमा दिनहुँजसो त्यो बेला घोराही झर्ने हामी केही मात्रै थियौँ । जुन दिन हामीले टेक्टरका जुरुज्युलाई लाली गुराँसको फूल उपहार दिएका थियौँ, त्यो दिन हामी लोहारपानीबाट घोराही आनन्दले भाडा छुटमा पुुग्यौँ । लेखिनिदनू होला मेरो खु्ुुसी लालीगुु्राँसको फूल…।
मत त्यसै पनि प्रकृति प्रेमी थिएँ । गाउँका खन्यु, गाउँका न्युरो, गाउँको कोदो, गाउँको काक्रोलगायत गाउँको अदुवा र टिम्मुर । रमाइलोका लागि हामीले कच्ची भए पनि लालीगुुराँसको रुख चढेर फूल टिपेपछि गु्राँसको सौन्दर्यको व्यापार गथ्र्यौ सायद । त्यसैले पनि लालीगुराँसलाई मैले अहिले पनि पर्यटनसँग जोड्न चाहिरेको छु । त्यसैले मेरो मनस्पटलमा अहिले पनि लालीगुराँस फुलिरहेको छ ।
मत लालीगुराँस भएछुँ, मनभरी फुलिदिन्छु, वनभरी फुलिदिन्छु । त्यसो त दैलेखमा एउटा गाउँपालिकाको नामनै गुुराँसे गाउँपालिका राखिएको हामीले देखेका थियौँ । लालीगुुराँस र मान्छेका सम्बन्ध धेरै छ । कसैले गुराँस खाइदिन्छन् त कसैले गुँसार पिइदिन्छन् । त्यसैले सबैको मन बहलाउने लालीगुराँस एउटा पर्यटन हो । लालीगुराँस कच्चो होला तर फूल परिपक्क छ । किनकि फूलमा धेरै बास्नाभन्दा पनि बोटानिकल महत्व धेरै छन् । त्यसैले मेरो खुसी लालीगुराँस… ।
गोरक्ष साताको खुसीको प्रशंगमा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले दिएको खुसीको अभिव्यक्ति हो यो । त्यसो त गुराँस नभएको दिन उनी विद्यार्थी जीवनमा पाँच रुप्पे लिएर दिनभर घोराही पुुगेर फेरि लोहारपानीको साविकको घरमा फर्कन्थे । त्यही पैसाले जेरी समेत खान पुुग्थो, भक्तले भने ।
मध्यम वर्गीय परिवारमा हुर्केका र पढ्दै गर्दा उनी राजनीतिमा पनि जोडिए, सङ्घर्ष पनि गरे, अनि शिक्षकदेखि लोकसेवा आयोग सम्ममा पनि नाम निकाले । यस बिचमा उनले थुप्रै खुसीका प्रशंग सुनाए । अध्ययनका क्रममा उनी सधै गाउँबाट लुङ्गीको भारीमा कोठाका सामान ल्याइ पुु¥याउँथे घोराही । त्यसमा कहिले हप्ताको खर्च चल्थ्यो, कहिले महिनाको पनि खर्च चल्थ्यो ।
खासमा उनले आफ्नो अर्को खुसी र अविस्मरणीय क्षण ४९ सालको एसएलसीलाई जोडे । त्यो बेला म गाउँकै पहिलो एसएलसी पास भएको व्यक्ति बने, जसले मलाई अहिले पनि सम्झाइरहनछ । त्यो बेला एसएलसीभन्दा पहिला टेस्ट पासको परीक्षा उत्तीर्ण हुनुुपथ्र्यो । गोग्लीबाट हामी ६० जनाले टेस्ट परीक्षा दिएका थियौँ । त्यसमा २३ जना मात्रै एसएलसीका लागि योग्य भयौं ।
गोग्ली स्कुलबाट एसएलसी दिनेहरू मध्ये तीनजना मात्रै पास भयौँ । त्यसमा पनि म फस्ट भएको थिएँ । मेरो अर्को अविस्मरणीय खुसीको क्षण हो– त्यो, भक्तले भने । त्यसपछि त म गोग्लीबाट पास हुने गाउँको हिरो जस्तै भएँ । किनकि मैले मात्रै गाउँबाट पहिलो पटक एसएलसी पास गरेको थिएँ, त्यो गाउँको नाम र मेरो पारिवारिक अवस्था पनि लेखिदिनु होला है…।
भक्तले खुसीको विट मारेका थिएनन् । फेरि सम्झिए, पहिलो सन्तानलाई । उनको पहिलो सन्तान सन्तोष हो । जसले भक्तलाई अहिले पनि हरेक क्षणमा उर्जा दिइरहेको छ । भक्तले बसन्तासँग बिहे गरेको दुई वर्षपछि उनीहरूको उत्तराधिकारीका रूपमा सन्तोष जन्मिए । मागी विवाह हो हैँ, त्यो पनि लेखिदिनु होला । अहिले पनि हामी सबै परिवार एक आपसको सल्लाह र आवश्यक सुझावमा चलिरहेका छौँ ।
किनकि पारिवारिक सहजीकरण पनि एउटा खुसी हो तर खासमा भक्तको खुसी फेरि कर्म र प्रतिफलमा पनि जोडिएको छ । विसं २०५६ मङ्सिर ८ गते जुन दिन उनी लोकसेवा आयोगको सबै परीक्षा उत्तीर्ण गरेर नियुक्ति बुुझेका थिए । त्यो दिन उनले आफै मात्रै खुसी भए ।
त्यसो त लोकसेवा आयोग दिनुभन्दा पहिले उनले शिक्षक सेवाको पनि धेरै अनुुभव लिएका थिए तर पनि लोकसेवा आयोगमा नाम निकालेर पहिलो पटक नेपाल सरकारको स्थायी कर्मचारी हुँदाको दिन उनको अविस्मरणीय अर्को खुसीको क्षण हो । विसं २०३३ सालमा बंगलाचुली–६ रिभानमा जन्मिएका भक्तको प्राथमिक शिक्षा श्री सुधा प्रावि रिभानमा भयो । त्यसपछि सुधा निमाविमा आइस्कुल जोडिए ।
एसएलसी मावि डाँडा गाउँ गोग्लीबाट गरे । आएए पास महेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट सकाए । बुटवल बहुुमुखी क्याम्पसबाट स्नातक सकाए । त्यसपछि उनी स्वास्थ्य क्षेत्रको अध्ययनमा पनि जोडिए । त्यसपछि उनी दाङ सिएमए क्याम्पसमा जोडिए तर उनी त्यो फिल्डमा भने जोडिएनन् । फेरि स्कुलमा पढाउनतर्फ उनको जागिरको मोड फेरियो ।
सुधा निमावि झेलनेटामा शिक्षक सेवामा प्रवेश गरे । त्यस लगत्तै उनी महेन्द्र मावि शिरुवारीमा पनि एक वर्ष अध्यापनको पेसामा जोडिए । त्यसपछि उनको गन्तव्य निजामती सेवातर्फ लोकसेवामा नाम निकालेपछि अहेवका रूपमा उनी विसं २०५६ साल मङ्सिर १ गते जिल्ला स्वास्थ्य कार्यालय रोल्पा अन्तर्गतको उपस्वास्थ्यचौकी अरेशमा करिब साढे तीन वर्ष कार्यरत रहे ।
त्यसपछि जिल्ला स्वास्थ्य कार्यालय प्युठान अन्तर्गत उपस्वास्थ्यचौकी वादीकोट र उपस्वास्थ्यचौकी मर्कावाङमा समेत काम गरेपछि उनी जिल्ला स्वास्थ्य कार्यालय दाङ अन्तर्गत लोहारपानी स्वास्थ्यचौकीमा विसं २०७५ सालमा सरुवा भए र त्यहाँ उनको सेवा विसं २०७९ सम्म निरन्तर जारी रह्यो ।
त्यस बिचमा उनी बंगलाचुली गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पनि बने विसं २०७५ सालदेखि २०७९ सालसम्म स्थायी जागिरको अवधि जोड्दा पेन्सनमा निस्कन मिल्थ्यो । भक्तको चाहना पनि राजनीतिमा जोडिएर समाज सेवामा प्रवेश गर्ने । त्यसैले त मुलुकमा सङ्घीयता पछिको दोस्रो चुनावमा होमिन उनले सरकारी सेवाबाट राजिनामा दिएर बंगलाचुली गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिए र सहजै चुनाव पनि जिते ।
त्यसो त भक्त विसं २०४६ को जनआन्दोलनताकै विद्यार्थी राजनीतिमा जोडिएर उनी अध्ययनरत मावि गोग्लीको नेविसंघ प्रारम्भिक कमिटिको सचिव बने । जागिरमा रहँदा पनि नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघमा पनि जोडिएका थिए । भन्छन्, अबको गन्तव्य पनि सायद समाजसेवा नै हुनेछ । आफूलाई नेपाली कांग्रेसको सिपाइ ठान्छन् । ‘अझै करिब एक वर्ष जनप्रतिनिधिको कार्यकाल बाँक िनै छ । त्यसपछि पार्टीले जे जिम्मेवारी दिन्छ, उतै आफ्नो गन्तव्य बनाउने छु’, भक्तले भने ।
प्रस्तुति : खेमराज रिजाल