राप्ती विश्वासीमा कोर बैकिङ प्रणाली सम्वन्धी तालिम

तुलसीपुर, २५ जेठ । राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि (रफिकोल) को आयोजनामा आधुनिक फिनएक्स कोर बैकिङ प्रणाली सम्वन्धि तालिम सम्पन्न भएको छ ।

संस्थाका कर्मचारीहरुको क्षमता वृद्धिका लागि जिवन इंन्क प्रालि काडमाण्डौको प्राविधिक सहयोगमा आधुनिक फिनएक्स कोर बैकिङ प्रणाली सम्वन्धी तालिम दिएको थियो । राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि (रफिकोल) का अध्यक्ष इन्द्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको तालिममा सहभागीहरुले यस्ता तालिमले कर्मचारीहरुको क्षमता वृद्धि हुने र विभिन्न कुराहरु सिक्ने अवसर मिल्ने बताएका थिए ।

संस्थाका अध्यक्ष बुढाथोकीले आफ्नो लक्ष्य तथा उद्देश्य प्राप्तीका लागि संस्थाको कारोवार आधुनिक डिजीटल प्राविधिमार्फत गर्न कर्मचारीहरुको क्षमता वृद्धिका लागि तालिमको आयोजना भएको जानकारी गराउदै तालिमले संस्थाको डिजीटल विकासबाट सदस्यलाई प्रदान गरिने सेवाहरु प्राविधिमैत्री हुने विश्वास संस्थाले लिएको बताए ।

सो अवसरमा आधुनिक फिनएक्स कोर बैकिङ प्रणाली सम्वन्धि मेनुहरुका विषयमा र जीवन इंन्क प्रालिबाट नयाँ आउदै गरेका मोडुलहरुका विषयमा कम्पनीका प्रतिनिधिबाट डेमोसहितको प्रशिक्षण सञ्चालन गरिएको सञ्चालक समितिका सदस्य ध्रुव गौतमले जानकारी दिए । तालिममा संस्थाका कर्मचारीहरुको सहभागीता रहेको थियो