विश्व वातावरण दिवसमा त्रिभुवननगर जेसीजद्वारा वृक्षारोपण

दाङ,२२ जेठ । विश्व वातावरण दिवसको अवसरमा त्रिभुवननगर जेसीजले घोराहीले वृक्षारोपण गरेको छ ।

जेसीजले घोराही उपमहानगरपालिका–१८ स्थित गोरदौराको बायलडाडा चौतारी क्लब परिसरमा वृक्षारोपण गरेको हो । ‘एक जेसीज सदस्य, एक बिरुवा’ अभियानअन्तर्गत आयोजना गरिएको कार्यक्रममा गुलमोहर, धुपी, कपुरलगायतका ५६ वटा बिरुवा रोपिएको त्रिभुवननगर जेसीजका महासचिव चुडामणि पाण्डेय (बाबुराम)ले जानकारी दिएका छन् ।

त्रिभुवननगर जेसीज बर्ष २०२६ का शाखा अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सल्लाहकार बासुदेव रिजालको प्रमुख आतिथ्यता एवं बयलडाडाँ चौतारी क्लबका अध्यक्ष नारायण भुसालको शिविष्ट आतिथ्यतामा वृक्षारोपन गरिएको थियो । प्रमुख अतिथि रिजालले त्रिभुवननगर जेसीजले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा उत्प्रेरणामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै जेसीजलाई सामाजिक गतिविधिलाई निरन्तरता दिन आग्ह गरेका थिए ।

कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष मीनराज भाटले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै संस्था सामाजिक कार्यमा सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रम संयोजक हरि भट्टराईले स्वागत मन्तव्यसहित कार्यक्रमका बारेमा जानकारी गराएका थिए । इभिपी मिनेश श्रेष्ठले जेसीज आस्था पाठगराएको कार्यक्रमको सहजीकरण महासचिव बाबुराम पाण्डेयले गरेका थिउ । कार्यक्रममा विभिन्न संघसंस्था तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।