नयाँ सुविधा सम्पन्न यार्सा एयर बस सञ्चालन

तुलसीपुर, १८ जेठ । तुलसीपुर यातायात प्रालिले नयाँ सुविधा सम्पन्न यार्सा एयर बस सञ्चालनमा ल्याएको छ । प्रालिले दाङ–काठमाण्डौ रात्री सेवाका लागि सुविधा सम्पन्न ४ वटा यार्सा एसी बस थप गरेको प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिएका छन् ।

यसअघि विभिन्नस्तरीय एसी र डिलक्ससहितका दिवा र रात्रीकालिन बस सेवा दिई रहेको यातायात प्रालीले यात्रुहरुको माग र सुबिधालाई मध्यनजर गदै ४ वटा यार्स एसी बस थप गरि काठमाण्डौ रुटमा सोमवार देखि सञ्चालन गरेको प्रशासनिक सचिव निमकुमार श्रेष्ठले जानकारी दिएका छन । सिल्पर ८ सिटसहित ४९ सोफा सिटे यार्सा एसी बस नयाँ थप गरेको प्रालिले यसअघि शुभकामना, कुइन एसी, गोल्डेन एसी, मयुर एसी, तुलसीपुर एसी, कल्की एसी बससँगै हाइस र एसी ईभी हाइसहरु दाङ–काठमाण्डौ रुटमा सञ्चालन गर्दै आएको छ ।

तुलसीपुर यातायात प्रालिले सञ्चालनमा ल्याएका यार्सा एसी बसको उद्घाटन गदै प्रालिका सल्लाहकार जनक खरालले पछिल्लो समयमा युवाहरु पलाइन भइरहेको समयमा स्वदेशमै केहि गर्नुपर्छ भनेर बसमा भएको लगानीले स्वदेशमै स्वरोजगार सिर्जना गर्न युवालाई प्रोत्साहन गर्ने बताए ।

उनले यात्रुमैत्री वातावरण निर्माण गरि यात्रुहरुलाई सुरक्षित,आरामदायी यात्रा गराउन सवै व्यवसायीलाई आग्रह गरे । अध्यक्ष बुढाथोकीले समिति र आफ्नो छवी उच्च हुने गरि समितिमा आवद्ध व्यवसायीलाई सेवा दिन निर्देशन दिएका छन् । प्रालिका कल्याणकारी सचिव भद्रबहादर खड्काले यार्सा एसी बसहरु आरामदायी सोफा सिट सहित सुविधा सम्पन्न भएको बताए । करिव १ करोडको लागतमा आफुहरुले यार्सा एसी बस भित्रएको यातायात व्यवसायीले बताए ।

उद्घाटन कार्यक्रममा सल्लाहकार शिव पुरी, दिलबहादुर वली, प्रशासनिक सचिव निमकुमार श्रेष्ठ, कोषाध्यक्ष छविलाल डाँगी, सदस्य भिमबहादुर डाँगी,राजु पाण्डेलगायतले शुभकमना व्यक्तगरेका थिए । २०५६ सालमा स्थापना भएर रुपान्तरित तुलसीपुर यातायात प्रालिले काठमाडौंलगायत पूर्व–मेचिदेखि पश्चिम महाकाली हुँदै देशका प्रमुख शहर र छिमेकी राष्ट्र भारतका विभिन्न ठाउँसम्म सेवा दिदै आएको कार्यालय प्रमुख विमल गुप्ताले जानकारी दिएका छन् ।