दाङ,१२ जेठ । नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवसका अवसरमा नेपाल प्रेस युनियन दाङ शाखाले सस्थापक जिल्ला अध्यक्ष रामप्रसाद पौडेललाइ सम्मान गरेको छ ।
विगत केही समयदेखि अस्वस्थ रहेका सस्थापक अध्यक्ष पौडेललाई निवासमै सम्मान गरेको हो । नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्का, प्रेस युनियनका केन्द्रीय सदस्य लक्ष्मीमान चौधरी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष तथा युनियन दाङका सल्लाहकार सन्तोष सुवेदीलगायतले कदरपत्र प्रदानसँगै दोसल्ला ओढाएर सम्मान गरेका हुन ।
दाङमा नेपाल प्रेस युनियनको स्थापना तथा संगठन निमार्णमा महत्वपुर्ण भूमिका निर्वाह गरेकोमा त्यसको कदर स्वरुप निवासमै पुगेर सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा युनियन दाङका अध्यक्ष नारायण खड्कासहित केन्द्रिय सदस्य लक्ष्मीमान चौधरी, सल्लाहकार सन्तोष सुबेदी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष पहलमान घर्ति, युनियनका जिल्ला उपाध्यक्ष पार्वती बस्नेत, प्रेस युनियनका निवर्तमान सचिव आर.के. शितल, प्रेस युनियन दाङ शाखा कोषध्यक्ष लीलाधर वली, कार्यसमिति सदस्य नारायण् नेपाललगायतको टोली सम्मान कार्यक्रममा सहभागी भएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व रामप्रसाद पौडेलले घरमा आएर नेपाल प्रेस युनियन दाङ शाखाले देखाएको हार्दिकताको स्वागत गर्दै निस्पक्ष पत्रकारीतामा लाग्न आग्रह गरेका थिए । पत्रकारिता कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भन्र्दै संस्थापक अध्यक्ष पौडेलले आवाज बिहिनहरुको आवाज बनेर लाग्न आग्ह गरेका थिए ।