अमरराज आचार्य
दाङ, १३ जेठ । लुम्विनी प्रदेशमा उद्योग व्यवासायबाट सात करोड बढी राजस्व सङ्कलन भएको छ । प्रदेशका १२ जिल्लामा उद्योग तथा व्यापारबाट सात करोठ १६ लाख ४७ हजार आठ सय ६८ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८२÷०८३ को नौ महिनाको अवधिमा यो मात्रामा राजस्व सङ्कलन भएको उद्योग पर्यटन तथा यातायात मन्त्रालयको तथ्याङ्कमा उल्लेख भएको मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले जानकारी दिए । उनका अनुसार नौ महिनाको अवधिमा उद्योग तर्फबाट तीन करोड १६ लाख २२ हजार चार सय ७७ रुपैयाँ सङ्कलन भएको छ । यसैगरी वाणिज्यतर्फ चार करोड २५ हजार तीन सय ९१ रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी सुवेदीले बताए ।
मन्त्रालयको तथ्याङ्क अनुसार रुपन्देहीमा उद्योगतर्फ ९६ लाख दुई हजार चार सय ५६ र वाणिज्यतर्फ एक करोड एक लाख ६७ हजार चार सय ६८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । रुपन्देहीमा उद्योगतर्फ ४७ लाख ५५ हजार तीन सय १० र वाणिज्यतर्फ ७४ लाख ५० हजार नौ सय ७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यसैगरी नवलपरासी पश्चिममा उद्योगतर्फ २७ लाख ६० हजार पाँच सय ७० र वाणिज्यतर्फ ३७ लाख ७९ हजार एक सय ८० रुपैयाँ राजस्व सङ्कलन भएको छ । कपिलवस्तुमा उद्योगतर्फ २७ लाख सात हजार छ सय ३६ र वाणिज्यतर्फ ३६ लाख दुई हजार नौ सय ७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यसैगरी दाङमा उद्योगतर्फ ४६ लाख ३६ हजार पाँच सय ६५ र वाणिज्यतर्फ ६५ लाख २४ हजार दुई सय ८३ रुपैयाँ राजस्व सङ्कलन भएको छ । बर्दियामा उद्योगतर्फ २३ लाख ७४ हजार दुई सय ८० रुपैयाँ र वाणिज्यतर्फ २८ लाख २५ हजार चार सय ६६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । पाल्पामा उद्योगतर्फ १४ लाख २४ हजार सात सय ५५ र वाणिज्यतर्फ १६ लाख ४७ हजार नौ सय ५५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
गुल्मीमा उद्योगतर्फ १९ लाख एक हजार तीन सय ७५ र वाणिज्यतर्फ १७ लाख ७२ हजार एक सय ९५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । अर्घाखाँचीमा छ लाख ४५ हजार चार सय ५० र वाणिज्यतर्फ तीन लाख पाँच हजार आठ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यसैगरी प्युठानमा उद्योगतर्फ आठ लाख ६१ हजार तीन सय र वाणिज्यतर्फ सात लाख ११ हजार छ सय ५५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । रोल्पामा उद्योगतर्फ आठ लाख ९८ हजार पाँच सय पाँच र वाणिज्यतर्फ आठ लाख ९८ हजार आठ सय ९० रुपैयाँ राजस्व सङ्कलन भएको छ । रुकुमपूर्वमा उद्योगतर्फ दुई लाख ५४ हजार दुई सय ७५ र वाणिज्यतर्फ तीन लाख ३८ हजार चार सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यसैबिच लुम्बिनी प्रदेशमा नयाँ उद्योग व्यवसाय थपिने क्रम बढेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को नौ महिनाको अवधिमा पाँच हजार चार सय छ वटा नयाँ उद्योग व्यवसाय थपिएका छन् । यसरी थपिने उद्योग व्यवसायमध्ये उद्योगतर्फ दुई हजार पाँच सय छ वटा र वाणिज्य फर्मतर्फ दुई हजार नौ सय वटा रहेका छन् ।
प्रदेशमा नयाँ उद्योग व्यवसायमा आकर्षण बढेकाले उद्योग थपिने क्रम बढेको लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको तथ्याङ्कले देखाएको छ । प्रदेशका १२ वटै जिल्लाको आँकडामा नयाँ उद्यमी थपिएका छन् ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा दुई हजार ६९ वटा उद्योग तथा वाणिज्य फर्म बन्द भएका छन् । जसमा नौ सय ९५ वटा उद्योग र एक हजार ९४ वटा वाणिज्य फर्म बन्द भएका हुन्््््््््््् । उद्योग व्यवसायको नवीकरणतर्फ उद्योगभन्दा वाणिज्यका बढी छन् । उद्योगतर्फ छ हजार २१ नवीकरण हुँदा नौ महिनाको अवधिमा वाणिज्य प्रशासनतर्फ सात हजार ८४ व्यवसायको नवीकरण भएको मन्त्रालयका सूूचना अधिकारी सुवेदीले जानकारी दिए ।
नौ महिनाको अवधिमा प्रदेशमा एक हजार आठ सय ५३ वटा उद्योग र दुई हजार चार सय ८३ वटा वाणिज्य फर्मले अन्य संशोधन गरेका छन् । अन्य संशोधन अन्तर्गत स्थान परिवर्तन, नामसारी तथा लगानी थप गर्ने गरेको मन्त्रालयले जनाएको छ ।