ट्राफिक चोकमा सार्वजनिक धारा निर्माण

दाङ,५ जेठ । घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकमा रोटरी–जेसीज सार्वजनिक धारा निर्माण गरिएको छ । बजार क्षेत्रमा हिडडुल गर्ने नागरिकलाई निशुल्क रुपमा पानीको सुविधा पु¥याउने उद्देश्यले तीन लाख बढीको लागतमा फिल्टरसहितको सार्वजनिक धारा निर्माण गरिएको छ ।

त्रिभुवननगर जेसीज घोराही र रोटरी क्लव अफ दाङको संयुक्त आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको समन्वयमा धारा निर्माण गरिएको हो । ट्राफिक प्रहरी कार्यालयको गेटमा निर्माण गरिएको धाराको मंगलवार जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दिपक श्रेष्ठले उद्घाटन गरेका हुन । त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दिपक श्रेष्ठले धाराको उदघाटन गर्दै सार्वसाधारण नागरिकलाई पानीको सुविधा पु¥याउने उद्देश्यले निर्माण गरिएको धाराले ठुलो सहयोग पु¥याउने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन,जिल्ला ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बम, समाजसेवी एवं दाता किरणकिशोर घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संयोजक श्यामकुमार गिरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा रोटरी क्लव अफ दाङका अध्यक्ष रोशन दाहालले धारा निर्माणमा लागेको लागतका बारेमा जानकारी गराएका थिए । जेसीजका सचिव रणबहादुर खड्काले आश्थापाठ गराएको कार्यक्रमको सहजीकरण महासचिव चुडामणि पाण्डेयले गरेका थिए ।