घोराही,४ जेठ । दाङमा भएको १६ औँ लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दाङ प्रथम बनेको छ । प्रतियोगितामा २७ स्वर्ण, १७ रजत र १२ काश्यसहित ५६ पदकसहित दाङले रनिङ शिल्डको उपाधि जितेको हो ।
उपाधि जितेको दाङले एथलेटिक्समा नौ स्वर्ण, आठ रजत र चार काश्य, तेक्वान्दोमा पाँच स्वर्ण, तीन रजत, दुई काश्य, करातेमा छ स्वर्ण, एक रजत र तीन काश्य, उसुमा सात स्वर्ण, दुई रजत र तीन काश्य, भलिवलमा एक रजत र कवडीमा दुई रजत गरि ५६ पदक जित्न सफल भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा भएको प्रतियोगितामा १० स्वर्ण, १२ रजत र १३ काश्यसहित ३५ पदक जित्दै बाँके दोश्रो बनेको छ । दोश्रो बनेको बाँकेले एथलेटिक्समा छ स्वर्ण, सात रजत, दुई काश्य, तेक्वान्दोमा तीन स्वर्ण, दुई रजत, चार काश्य, करातेमा एक स्वर्ण, तीन रजत, चार काश्य, उसुमा काश्यमा दुई, कवडीमा काश्यमा एक गरि जम्मा ३५ पदक जित्न सफल भएको हो ।
प्रतियोगितामा दश स्वर्ण, छ रजत र ११ काश्यसहित २७ पदक जित्दै रुपन्देही जिल्ला खेलकुद विकास समित तेस्रो बनेको छ । तेस्रो स्थान हुन सफल रुपन्देहीले एथलेटिक्समा तीन स्वर्ण, दुई रजत, तीन काश्य, तेक्वान्दोमा चार स्वर्ण, एक रजत, दुई काश्य, करातेमा एक स्वर्ण, तीन रजत र पाँच काश्य, भलिवलमा एक स्वर्ण, कवडीमा एक स्वर्ण र एक काश्य गरि जम्मा २७ पदक जित्न सफल भएको छ । सान्त्वना बनेको कपिलवस्तुले प्रतियोगितामा आठ स्वर्ण, तीन रजत र छ काश्य गरि १७ पदक जितेको छ । १७ पदक जितेको कपिलवस्तु जिल्ला खेलकुद विकास समितिले एथलेटिक्समा दुई स्वर्ण, एक रजत, तेक्वान्दोमा तीन काश्य, करातेमा एक स्वर्ण, उसुमा पाँच स्वर्ण, दुई रजत र तीन काश्य जितेको छ ।
बर्दियाले तीन स्वर्ण, रजत नौ र काश्य २० पदकसहित जम्मा ३२ पदक प्राप्त गरेको छ । प्रतियोगितामा ३२ पदक जितेको बर्दियाले एथलेटिक्समा दुई स्वर्ण, चार रजत, दश काश्य, तेक्वान्दोमा तीन रजत, पाँच काश्य, करातेमा दुई रजत, उसुमा पाँच काश्य र कवडीमा एक स्वर्णसहित समग्रमा ३२ पदक जितेको छ । रोल्पाले दुई स्वर्ण, ११ रजत र ११ काश्यसहित २४ पदक जितेको छ । एथलेटिक्समा एक स्वर्ण, दुई रजत, तीन काश्य, तेक्वान्दोमा एक रजत, दुई काश्य, करातेमा एक स्वर्ण, एक रजत, दुई काश्य, उसुमा सात रजत, तीन काश्य र भलिवलमा एक काश्य पदक रोल्पाले जितेको हो ।
नवलपरासीले दुई स्वर्ण, पाँच रजत र छ काश्यसहित १३ पदक जितेको छ । १३ पदक जितेको नवलपरासीले एथलेटिक्समा दुई रजत, तेक्वान्दोमा एक रजत, तीन काश्य, करातेमा दुई स्वर्ण, दुई रजत, दुई काश्य र कवडीमा एक काश्य पदक जित्न सफल भएको छ । प्रतियोगिता पाल्पाले एक स्वर्ण, दुई रजत र नौ काश्यसहित १२ पदक जितेको छ । पाल्पाले तेक्वान्दोमा दुई काश्य, करातेमा एक स्वर्ण, एक रजत, चार काश्य, उसुमा एक रजत, दुई काश्य र भलिवलमा एक काश्य जितेको छ ।
प्यूठानले दुई स्वर्ण, दुई रजत र दुई काश्य गरि जम्मा छ पदक जितेको छ । छ पदक जितेको प्यूठानले एथलेटिक्समा दुई स्वर्ण, एक रजत, तेक्वान्दोमा एक रजत, करातेमा एक काश्य, कवडीमा एक काश्य पदक जित्न सफल भएको छ । गुल्मीले एक स्वर्ण र तीन काश्यसहित चार पदक जितेको छ । चार पदक जितेको गुल्मीले एथलेटिक्समा दुई काश्य, करातेमा एक काश्य, र भलिवलमा एक स्वर्ण पदक जितेको हो । प्रतियोगितामा एक स्वर्ण, एक रजत र एक काश्यसहित रुकुम पूर्वले तीन पदक जितेको छ ।
रुकुम पूर्वले एथलेटिक्समा एक स्वर्ण, करातेमा एक काश्य र भलिवलमा एक रजत पदक जितेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्षमनिका विद्यार्थी खेलाडीहरु सहभागी भएको प्रतियोगितामा अर्घाखाँची जिल्ला भने पदक बिहिन हुन पुगेको छ । प्रदेश खेलकुद विकास समिति लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले बिजेता खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।प्रतियोगिता जेठको १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको थियो ।